Friday 25th September 2026

मलद्वारमा लुकाएर ल्याएको १ किलो भन्दा बढि सुन सहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ


काठमाडाैं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा पक्राउ परेका हुन् ।

प्रहरीले हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका परियार, साह र शेर्पालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको हो । जानकारी अनुसार शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

त्यस्तै, परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स र दुई वटा ५० ग्राम सुनको बेरूवा औंठी तथा साहको साथबाट ४ वटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामानसहित परियार, साह र शेर्पा तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीका अनुसार बरामद गरिएको उक्त सुन र आइफोनको मूल्य ९९ लाख २९ हजार ६९८ रहेको छ ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...