Saturday 11th May 2024

मलद्वारमा लुकाएर ल्याएको १ किलो भन्दा बढि सुन सहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ


काठमाडाैं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा पक्राउ परेका हुन् ।

प्रहरीले हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका परियार, साह र शेर्पालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको हो । जानकारी अनुसार शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

त्यस्तै, परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स र दुई वटा ५० ग्राम सुनको बेरूवा औंठी तथा साहको साथबाट ४ वटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामानसहित परियार, साह र शेर्पा तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीका अनुसार बरामद गरिएको उक्त सुन र आइफोनको मूल्य ९९ लाख २९ हजार ६९८ रहेको छ ।


सम्बन्धित शीर्षकहरु

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

नारायण कोइराला - "हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ" भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ…

बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ–नयाँ 'भेरिअन्ट'…

प्रतिकृयाहरू
...