Tuesday 29th September 2026

२१ लाख नेपाली विदेशमा


तीतोपाटी – राष्ट्रिय जनगणना २०७८ अनुसार करिब २१ लाख बढी नेपाली विदेशमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार मात्रै २१ लाख ६९ हजार ४७८ जना नेपालीको विदेशमा बसोबास रहेको छ ।

विदेशमा रहेकामध्ये पुरुषको संख्या १७ लाख ६्र३ हजार ३१५ रहेको छ । विदेशमा बस्ने कूल नेपालीको ८१.२८ प्रतिशत हुन आउँछ । महिलाको संख्या भने ४ लाख ६ हजार १०३ रहेको छ । जुन विदेशमा रहेका नेपालीमध्ये १८.७२ प्रतिशत हो ।

२०६८ को तथ्यांक अनृुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या १९ लाख २१ हजार ४१४ रहेको थियो । जसमा पुरूष १६ लाख ८४हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० ९१२।३६ प्रतिशत० थिए ।

पछिल्लो १० वर्षको अवधिमा विदेशमा बस्ने महिलाको संख्या भने ७१.०९ प्रतिशतले बढेको छ । विदेशमा बस्नेहरुमध्ये पनि सबैभन्दा तराई क्षेत्रबाट १० लाख ६५ हजार ९६९ रहेका छन् । पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट द१ लाख १५ हजार ६१३ जना विदेशमा बस्ने गर्दछन् ।


सम्बन्धित शीर्षकहरु

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

प्रतिकृयाहरू
...