Wednesday 19th November 2025

चिसो माैसममा रूघाखोकी तथा माैसमी फ्लु लगायतका समस्याबाट कसरी बच्ने ?


तीतोपाटी – जाडोयाममा तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, स्वास प्रस्वास सम्बन्धी समस्या जोर्नी दुख्ने, छाला सुख्खा हुने लगायतका समस्याहरू भइरहन्छन्। सबैभन्दा धेरै भने हामीलाइ नाक बन्द हुने, नाकबाट पानी बग्ने, बढी हाछ्यु अाउने, घाँटी दुख्ने तथा खोकी लाग्ने हुन्छ । यस किसिमको बिरामीलाइ माैसमी रूघाखोकी पनि भनिन्छ । यी सबै सरूवा रोग अन्तर्गत पर्दछन् ।

यस किसिमका रोगहरू संक्रमित व्यक्तिसँगको हेलमेल, संक्रमितले खोक्दा, हाछ्यु गर्दा सर्ने हुन्छन् । बढी मात्रामा चिसो माैसममा यस किसिमको भाइरल फ्लु फैलिने भएकोले यस बाट बच्न विशेष सावधानी अपनाउनु पर्दछ । फ्लुबाट बच्न सकेसम्म सार्वजनिक स्थलमा नजानु नै बुद्धिमानी हुन्छ । संक्रमित व्यक्तिसँग नजिक नहुने, बाहिरबाट आएपछि साबुन पानीले राम्ररी हातखुट्टा, मुख धनुे गर्नुपर्दछ । संक्रमित व्यक्तिले पनि हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ । फ्लुको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

त्यसै गरि रुघाखोकीबाट बच्न चिसोबाट बच्नु नै सबैभन्दा ठूलो उपाय हो । बाहिर निस्कदा मास्क लगाउने गर्नुपर्दछ । साधारण रुघाखोकी भएमा घरमै उपचार गर्न सकिन्छ । तर नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीमा समस्या देखिने वा कानमा समेत समस्या भएमा निकै सावधानी अपनाउनु पर्दछ । चिसो मौसममा बालबालिकालाई उच्च ध्यान दिनुपर्छ ।

समग्रमा,

– जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्ने, हिँड्डुल गर्नै पर्ने भए न्यानो बाक्लो लुगा लगाएर हिँडडुल गर्ने ।
– बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।
– तेल तताएर पुरै शरीरको मसाज गर्ने । बालबालिकाहरूलाइ दैनिकरूपमा तताएको तेलले मसाज गर्ने ।
– तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने । झोलिलो पदार्थ जस्तो विभिन्न प्रकारका सुपहरूको बढि मात्रामा प्रयोग गर्ने ।
– भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने । एकै घरमा रूघाखोकी लागेका वा फ्लुको समस्या भएका व्यक्ति भएमा सबैले मास्कको प्रयोग गर्ने ।
– मौसमी फलफुल विशेष गरेर सुन्तला, ज्यामिर जस्ता भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।
– स्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।
– बालबालीकालाई न्यानो लुगा लगाइदिने तर धेरै बाक्लो लुगा लगाएर नगुम्स्याउने अन्यथा भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।
– हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले लिप केयर, कोल्ड क्रिम वा मोस्चुराइजर क्रिमको प्रयोग गर्ने ।


सम्बन्धित शीर्षकहरु

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

प्रतिकृयाहरू
...