Thursday 2nd July 2026

टहल आचार्यको गजल संग्रह – ३३


गजल
सँधैभरी परालका हाली हात खुट्टाहरु ,
आकाश र धर्ती जोड्न खोज्छन् भुईँफुट्टाहरु ।

कोही चीन कोही भारत कोही अमेरीकातिर ,
देश बेची घर किन्ने लोभी स्वार्थी झुट्टाहरु ।

दया माया रित्तीएका जनताको भावनामा ,
कतै पनि नपलाउने डँडेलाका ठुटाहरु ।

सुवर्णको पिरामाथि आफ्नो आसन जमाएर ,
त्यो चौरासी ब्यञ्जन खाने स्वभावका ढुटाहरु ।

रङरोगन लगाएर टलक्क नै टल्काउने ,
धमिराले खाको काठमा कुँदी नया बुट्टाहरु ।

-टहल आचार्य


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

प्रतिकृयाहरू
...