Monday 12th January 2026

कुवेतमा क्रेनको ठक्करबाट सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु, परिवार संपर्कमा आएनन्


तीतोपाटी डटकम- कुवेतमा सडक पार गर्ने क्रममा सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु भएको छ । दोङलाई कुवेतको मंगाफमा क्रेनले ठक्कर दिएको हो ।

शुक्रबार दिउँसो करिब १:१५ बजे सडक पार गर्दैगर्दा बिपरित दिशाबाट आउँदै गरेको क्रेनले दोङलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

ठक्कर दिने क्रेनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शलाई पोस्टमार्टमको लागि अस्पताल पठाइएको बताइएको छ ।

सिन्धुपाल्चोक साबिकको गोल्छे-१की मृतक दोङको परिवार हाल सम्म संपर्कमा नआएकोले परिवारलाई नेपाली राजदूतावासको संपर्कमा आउन कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले आग्रह गरे । उनले घटनापछीका कानुनी प्रकृयामा दूतावास र सम्बन्धित निकायले काम गरिरहेको बताए ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...