Thursday 26th March 2026

नेपालले अफगानिस्तानलाइ मानवीय सहायता सामाग्री पठायो


नेपालले अफगानिस्तानका लागि मानवीय सहायता सामाग्री पठाएको छ । उक्त सहायता सामाग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोलीले काबुल विमानस्थालमा संयुक्त राष्ट्रसंघक प्रतिनिधिलाइ हस्तान्तरण गरेको कुरा परराष्ट्र मन्त्रालयले जनाएको हो । तालिवानले सत्ता गरेपछि अफगानिस्तानमा मानवीय संकट चुलिएर गएको छ ।

मन्त्रालयका अनुसार १० टन मानवीय सहायता सहसचिव लम्साले संयुक्त राष्ट्रसंघका महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई हस्तान्तरण गरेकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताएका थिए।

सहायता सामग्री संयुक्त राष्ट्रसङ्घ, यहाँस्थित महावाणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...