Tuesday 20th January 2026

नेपालले अफगानिस्तानलाइ मानवीय सहायता सामाग्री पठायो


नेपालले अफगानिस्तानका लागि मानवीय सहायता सामाग्री पठाएको छ । उक्त सहायता सामाग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोलीले काबुल विमानस्थालमा संयुक्त राष्ट्रसंघक प्रतिनिधिलाइ हस्तान्तरण गरेको कुरा परराष्ट्र मन्त्रालयले जनाएको हो । तालिवानले सत्ता गरेपछि अफगानिस्तानमा मानवीय संकट चुलिएर गएको छ ।

मन्त्रालयका अनुसार १० टन मानवीय सहायता सहसचिव लम्साले संयुक्त राष्ट्रसंघका महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई हस्तान्तरण गरेकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताएका थिए।

सहायता सामग्री संयुक्त राष्ट्रसङ्घ, यहाँस्थित महावाणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...