Monday 12th January 2026

नागरिक उड्डयन प्राधिकरणको १२ औं तहमा ४ जना बढुवा


तीतोपाटी डटकम- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को १२औं तह उपमहानिर्देशकमा चार जनालाई बढुवा गरिएको छ ।

बुधबार बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले प्राधिकरणको उपमहानिर्देशकको रुपमा देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुरलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको उमेर हदका कारण हुन लागेको अवकाशको पूर्वसन्ध्यामा उनीहरुलाई बढुवा गरिएको हो । १२औं तहमा बढुवा भएकाहरु ११औं तहका सिनियर अधिकारीहरु हुन् । यस्तै ११औं तहका प्रदीप अधिकारीको भने बढुवा भएको छैन ।

बढुवा भएकाहरुले पत्र भने लिन बाँकी रहेको छ । बिहीबार सार्वजनिक बिदा भएकाले सम्भवत उनीहरुलाई शुक्रबार पत्र दिने प्राधिकरणको तयारी रहेको बताइएको छ ।

क्यापिटल नेपालबाट साभार


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...