Friday 16th January 2026

कुवेतमा हिरोइन तस्कर पाकिस्तानी नागरिकलाई मृत्युदण्डको सजाय


तीतोपाटी -कुवेतको फौजदारी अदालतले दुई किलोग्राम हिरोइन तस्करी गरेको अभियोगमा एक पाकिस्तानी लागुऔषध तस्करलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

उक्त व्यक्तिको नाम तथा अन्य व्यक्तिगत विवरण भने खुलाइएको छैन । केही महिनाअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधसहित उनलाई पक्राउ गरिएको थियो ।

प्रतिवादीको स्वीकारोक्ति र लागुऔषध तस्करीमा संलग्नता प्रमाणित भएकाले उनलाई मृत्युदण्डको सजाय सुनाईएको अल–अन्बा पत्रिकाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...