Tuesday 16th December 2025

कुवेतमा कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार भन्दा बढी


तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी साधन रहेको अरबटाइम्सले लेखेको छ ।

सामान्य ट्राफिक विभागले भनेको छ, कुवेतका कम्पनीहरूको स्वामित्वमा रहेका ४ लाख ५५ हजार १ सय ९२ वटा सवारी साधनहरू रहेका छन । यसै गरी कुवेतमा रहेका जिसीसी (खाडी सहयोग परिषद) देशका नागरिकहरुसंग १ लाख ३२ ह्जार २ सय ६३ वटा सवारी साधनहरु रहेका छन ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...