Monday 30th March 2026

कुवेतमा कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार भन्दा बढी


तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी साधन रहेको अरबटाइम्सले लेखेको छ ।

सामान्य ट्राफिक विभागले भनेको छ, कुवेतका कम्पनीहरूको स्वामित्वमा रहेका ४ लाख ५५ हजार १ सय ९२ वटा सवारी साधनहरू रहेका छन । यसै गरी कुवेतमा रहेका जिसीसी (खाडी सहयोग परिषद) देशका नागरिकहरुसंग १ लाख ३२ ह्जार २ सय ६३ वटा सवारी साधनहरु रहेका छन ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...