Wednesday 8th April 2026

विदेश जानेहरूलाई चार अस्पतालबाट जोन्सनको खोप दिइँदै


तीतोपाटी, काठमाडाैं – वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीहरूले काठमाडौंका चार अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन पाउने भएका छन ।

विदेश जानेहरूले राहदानी(पासपोर्ट) र भिसा देखाएर सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विशेष पहल र आग्रहमा जोन्सन एण्ड जोन्सन कम्पनीको खोपको ब्यबस्था गरिएको मन्त्रालयले जनाएको छ । यो खोप एक डोजमात्र लगाउँदा हुने भएकोले र अधिकांश देशहरूमा यो खोपलाई मान्यता दिइएकाले विदेश जानेहरूले यो खोप लगाउने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...