Tuesday 24th February 2026

चिलीमा वामपन्थी नेता ग्याब्रियल बोरिक राष्ट्रपति बने


चिलीको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक विजयी भएका छन् । पूर्व विद्यार्थी नेता रहेका ३५ वर्षीय बोरिकले विपक्षी दक्षिणपन्थीको तर्फबाट उम्मेद्वार होजे एन्टोनियो कास्टलाई हराउँदै चिलीको सबैभन्दा कान्छाे राष्ट्रपति भएका हुन् । चिलीमा सरकारविरोधी विभिन्न प्रदर्शनपछि राष्ट्रपति चुनाव सम्पन्न भएको हो ।

बोरिकले ५६ प्रतिशत र कास्टले ४४ प्रतिशत मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस पटकको चुनाव निकै ध्रुविकृत भएको थियो । दुवै उम्मेदवारले विभिन्न योजनासहित चुनावी प्रचारप्रसार गरेका थिए । त्यस्तै दुवै उम्मेदवार अहिलेसम्म सरकारमा सहभागी नभएका राजनीतिक दलका हुन्

बोरिक विजयी भएपछि निर्वतमान राष्ट्रपति सेबास्टियन पिनेराले भिडियोमार्फत बोल्दै नवनिर्वाचित राष्ट्रपति बोरिकलाई बधाई तथा शुभकामना दिएका छन् । साथै उनले बोरिकको सरकारलाई पूर्ण समर्थन गर्ने बताएका छन् । बोरिकले विद्यार्थी नेताको रुपमा राजधानी सान्टिगोका विश्वविद्यालयमा विद्यार्थी संघको नेतृत्व गरेका थिए । सन् २०११ मा बोरिकले सस्तो, सर्वसुलभ र परिमार्जित शिक्षाको माग गर्दै आन्दोलनको नेतृत्व गरेका उनी तत्कालिन समयमा प्रख्यात बनेका बनेका थिए।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...