Tuesday 30th December 2025

चिलीमा वामपन्थी नेता ग्याब्रियल बोरिक राष्ट्रपति बने


चिलीको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक विजयी भएका छन् । पूर्व विद्यार्थी नेता रहेका ३५ वर्षीय बोरिकले विपक्षी दक्षिणपन्थीको तर्फबाट उम्मेद्वार होजे एन्टोनियो कास्टलाई हराउँदै चिलीको सबैभन्दा कान्छाे राष्ट्रपति भएका हुन् । चिलीमा सरकारविरोधी विभिन्न प्रदर्शनपछि राष्ट्रपति चुनाव सम्पन्न भएको हो ।

बोरिकले ५६ प्रतिशत र कास्टले ४४ प्रतिशत मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस पटकको चुनाव निकै ध्रुविकृत भएको थियो । दुवै उम्मेदवारले विभिन्न योजनासहित चुनावी प्रचारप्रसार गरेका थिए । त्यस्तै दुवै उम्मेदवार अहिलेसम्म सरकारमा सहभागी नभएका राजनीतिक दलका हुन्

बोरिक विजयी भएपछि निर्वतमान राष्ट्रपति सेबास्टियन पिनेराले भिडियोमार्फत बोल्दै नवनिर्वाचित राष्ट्रपति बोरिकलाई बधाई तथा शुभकामना दिएका छन् । साथै उनले बोरिकको सरकारलाई पूर्ण समर्थन गर्ने बताएका छन् । बोरिकले विद्यार्थी नेताको रुपमा राजधानी सान्टिगोका विश्वविद्यालयमा विद्यार्थी संघको नेतृत्व गरेका थिए । सन् २०११ मा बोरिकले सस्तो, सर्वसुलभ र परिमार्जित शिक्षाको माग गर्दै आन्दोलनको नेतृत्व गरेका उनी तत्कालिन समयमा प्रख्यात बनेका बनेका थिए।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...