Friday 23rd January 2026

कुवेत बाहिर ६ महिनाभन्दा बढी बसेका घरेलु कामदारको भिसा स्वत: रद्द हुने


तीतोपाटी, काठमाडौं – कुवेतको गृह मन्त्रालयले कुवेतको घरेलु कामदारहरू (आर्टिकल नं २० ) भिसा बाहकहरुलाई कुवेत बाहिर ६ महिना भन्दा बढी बसेमा उनिहरुको भिसा स्वत: रद्द हुने बताएको छ । यो नियम डिसेम्बर १ बाटै लागू हुने बताइएको छ ।

कुवेतको भिसा सम्बन्धी नियममा कुवेतको भिसा बाहक आप्रवासी कुवेत बाहिर लगातार बसेको ६ महिना पुगे पछी उनिहरुको भिसा स्वत: रद्द हुने नियम छ । तर कोरोना संक्रमणको कारण कुवेतका भिसाबाहकहरु कुवेत बाहिर रहदा ६ महिनामा भिसा स्वत: रद्द हुने काम रोकिएको थियो ।

अझै पनि घरेलु कामदार भिसा (आर्टिकल नं-२० )बाहेक अन्य भिसा बाहकलाई भने ६ महिनाको समायावधी नियम नलगाइएको अरब टाइम्सले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...