Monday 13th April 2026

कतारमा अवैधानिक बसेका कामदारलाई वैधानिक बन्न दूतावासको आग्रह


काठमाडौं – नेपाली दूतावास कतारले कतारमा अवैध रुपमा रहेका आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागु गरेको व्यवस्था सम्वन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) कतार र नेपाली दुतावासको साझेदारीमा सम्पन्न सचेतना कार्यक्रमबाटै कतारमा रहेका नेपालीहरुलाई यस अबसरको सदुपयोग गर्न अनुरोध गरिएको छ ।

कतारका लागि कार्यवाहक नेपाली राजदूत लक्ष्मण खनाल, एनआरएनए, कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, नेपाली लेवर काउन्सेलर कृष्ण प्रसाद खनाल लगाएतले कतार बसाईलाई वैधानिक बनाउन कतारले दिएको अवसर विषयमा सकेसम्म धेरै नेपालीलाई जानकारी पुर्याउदै सबैलाई यो अबसरको सुबिधा प्रयोग गर्न सुझाब दिएका थिए ।

कतारमा अवैधानिक बसेका कामदारलाई वैधानिक बन्न वा जरिवाना बिना कतार छोडन कतार सरकारले डिसेम्बर अन्तिम सम्म समयाबधी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...