Monday 13th April 2026

कुवेतबाट एक सातामा ५०३ जनालाई देश निकाला


तीतोपाटी डटकम – कुवेत सरकारले कुवेतको भिसा नियम उल्लङ्घन गर्ने आप्रवासीहरुलाई पक्राउ गर्दै देश निकाला गर्न चेकजाँच अभियान( सेक्यूरिटी क्याम्पियन)लाई तिब्र बनाएको छ । कुवेतमा हुने कुनै पनि अवैधानिक क्रियाकलापहरुलाई पूर्ण रुपमा निस्तेज गरिने र अवैधानिक क्रियाकलापमा संलग्न कसैलाई पनि क्षमा नदिने कुवेतको गृह मन्त्रालयले जनाएको छ ।

यसै क्रममा डिसेम्बर दोस्रो हप्ता (८-१४ तारिख सम्म) मात्र कुवेत सरकारले ५०३ जनालाई देश निकाला (डिपोर्ट) गरेको गृह मन्त्रालयको निर्वासन केन्द्र(डिपोर्टेशन सेन्टर)ले जनाएको छ । त्यसो त डिसेम्बर पहिलो हप्ता (१-७ तारिख सम्म) पनि ४७४ जनालाई देश निकाला गरिएको थियो ।

कुवेतमा भिसा उल्लङ्न गर्ने आप्रबवासीहरुको अनुमानित संख्या १ लाख ६० हजार रहेको कुवेत सरकारले बताउदै आएको छ । १ लाख भन्दा कम नेपाली कामदारहरु रहेका कुवेतमा भिसा उल्लङ्घन गर्ने नेपालीहरुको संख्या ७ हजार भन्दा बढी रहेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...