Friday 23rd January 2026

कुवेतबाट एक सातामा ५०३ जनालाई देश निकाला


तीतोपाटी डटकम – कुवेत सरकारले कुवेतको भिसा नियम उल्लङ्घन गर्ने आप्रवासीहरुलाई पक्राउ गर्दै देश निकाला गर्न चेकजाँच अभियान( सेक्यूरिटी क्याम्पियन)लाई तिब्र बनाएको छ । कुवेतमा हुने कुनै पनि अवैधानिक क्रियाकलापहरुलाई पूर्ण रुपमा निस्तेज गरिने र अवैधानिक क्रियाकलापमा संलग्न कसैलाई पनि क्षमा नदिने कुवेतको गृह मन्त्रालयले जनाएको छ ।

यसै क्रममा डिसेम्बर दोस्रो हप्ता (८-१४ तारिख सम्म) मात्र कुवेत सरकारले ५०३ जनालाई देश निकाला (डिपोर्ट) गरेको गृह मन्त्रालयको निर्वासन केन्द्र(डिपोर्टेशन सेन्टर)ले जनाएको छ । त्यसो त डिसेम्बर पहिलो हप्ता (१-७ तारिख सम्म) पनि ४७४ जनालाई देश निकाला गरिएको थियो ।

कुवेतमा भिसा उल्लङ्न गर्ने आप्रबवासीहरुको अनुमानित संख्या १ लाख ६० हजार रहेको कुवेत सरकारले बताउदै आएको छ । १ लाख भन्दा कम नेपाली कामदारहरु रहेका कुवेतमा भिसा उल्लङ्घन गर्ने नेपालीहरुको संख्या ७ हजार भन्दा बढी रहेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...