Sunday 28th April 2024

विदेशमा बस्ने नेपालीले नेपालमा डलर खाता खोल्न पाउने


तीतोपाटी,काठमाडौं – गैह्र आवासिय नेपालीहरु र संघ-संस्थाहरुले नेपालमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्ने गरि खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् ।

परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धीत महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासिय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै यस्तो निर्णयबारे जानकारी गराएको हो । परराष्ट्रको निर्णयलाई अर्थमन्त्रालय र राष्ट्र बैंकले अनुमोदन गरेको हो । अब गैह्र आवासीय नेपाली र नेपालीबाट प्रवद्धित संस्थाले नेपाली बैंकमा सिधै अष्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, जापानीज यन, चिनियाँ युआनमा खाता खोल्न पाउने छन् ।

न्युनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको बचत जम्मा गर्ने एवंम सो बराबरको बचत बिदेशी मुद्रामै लैजान पाउने जनाइएको छ । पराराष्ट्र निर्णय अनुसार राष्ट्र बैंकले समेत यो व्यवस्था बारे विदेशस्थित कुटनीतिक नियोग र एनआरएनएलाई जानकारी गराईसकेको जानकारी दिइएको छ ।


सम्बन्धित शीर्षकहरु

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

प्रतिकृयाहरू
...