Friday 23rd January 2026

कुवेतले करिब २ लाख ५० हजार आप्रवासीहरुको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) रद्द गर्ने


तीतोपाटी – कुवेतको गृह मन्त्रालयले पुराना वैध सवारी चालक अनुमती पत्र (ड्राइभिङ लाइसेन्स) खारेज गरी नयाँ लाइसेन्स ल्याउने परियोजना कार्यान्वयन गर्न शुरु गरेको छ । यो प्रक्रियामा करिब २ लाख ५० हजार आप्रवासीहरुको ड्राइभिङ लाइसेन्स खारेज हुने जनाइएको छ ।

ड्राइभिङ लाइसेन्सका लागि न्यूनतम योग्यता नपुगेकाहरु बिशेष गरी ठगी(सेटिङ)बाट लाइसेन्स बनाएकाहरु, लाइसेन्स पाए पछी पेशा परिवर्तन गरेकाहरु र कोरोना लगायतको कारण कुवेत बाहिर रहेर भिसा नबिकरण गरेका आप्रवासीहरुको लाइसेन्स रद्द गरिने छ।

कुवेतमा ३० लाख भन्दा बढीले सवारी चालक अनुमतीपत्र लिएका छन । यि सबै पुराना लाइसेन्सलाई चुम्बकिय कार्ड सहित प्रतिस्ठापन गर्न धेरै जनशक्ती आबश्यक पर्ने र समयाबधि तीन महिना लाग्ने बताइएको छ ।

कुवेतका सडकहरूमा ट्राफिकको भीड अत्याधिक बढेकाले कुवेत सरकारले ड्राइभिङ लाइसेन्सलाई अत्याबधिक गर्ने भएको हो ।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...