Tuesday 23rd December 2025

सृजनशिल युवा समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा तेश्रो पटक पनि धामी नै सर्वसम्मत


तीतोपाटी – सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशनले तेस्रो कार्यकालका लागि पनि पुष्कर सिंह धामीलाइ नै निर्बिरोध रूपमा अध्यक्षमा चयन गरेको छ । सृजनशिल युवा समाज नेपाल कुवेतको हिजो १० डिसेम्बर २०२१ शुक्रबारका दिन मंगाफको अडिटोरियम हलमा एक भव्य समारोहका विच सम्पन्न तेश्रो अधिवेशनले धामीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

समाजको तेस्रो अधिवेशन संस्थाका अध्यक्ष पुष्कर सिंह धामीको सभाध्यक्षता, नेपाली राजदुतावास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष रण ध्वज लामाको विशेष आतिथ्यता, आइसीसी सदस्य माधव पौडेल, प्रकार महासंघ कुवेत साखाका उपाध्यक्ष राज मल्ल, जनजाति महासंघ कुवेतका महासचिव मन्जित राईको तिथ्यता अनि कुवेतमा कृयाशिल संघ संस्थाका प्रतिनीधि, पत्रकार, समाजसेवी, वुद्दिजीवि, खेलाडी, कलाकार लगायत सृजनशिल युवा समाज कुवेतमा आवद्ध दाजुभाइ तथा दिदीबहिनीको समुपस्थितिमा सम्पन्न भएको थियो।

तैश्रो अधिवेशन कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै प्रमुख अतिथि भण्डारीले सृजनशिल युवा समाज कुवेतले गरेका मानविय सेवा र सामाजिक सेवाका कार्यहरूको प्रसंशा गर्दै सबैको प्रवास सुखमय बनोस भन्दै हरेक प्रवासी नेपालीको हकहितको कार्यमा नेपाली दूतावासको साथ सहयोग रहेने बताउनु भयो ।

शुभकामना मन्तब्य दिनुहुने एनआरएनए अध्यक्ष रणध्वज लामा, आइसीसी सदस्य माधव पौडेल, जनजाति महासंघका महासचिव मन्जित राई, पत्रकार महासंघ कुवेत साखा उपाध्यक्ष राज मल्ल, दर्शन ठकुरी समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल, मोरङ सुनसरी समाजका अध्यक्ष ज्ञानु खड्का,सुदूरपश्चिमेली समाज कुवेतकी निवर्तमान अध्यक्ष निरुमाया खड्का लगायतले कर्मभूमि र जन्म भुमिमा सृजनशिल युवा समाजले गरेका समाजिक कार्य हरुलाइ निकै सार्हानिय कार्य गरेको भनेर तारिफ गर्दै आउने दिनहरुमा पनि सृजनशिल युवा समाजलाई आफ्नो तर्फबाट र आफुले नेत्रत्व गरेको संथाबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

“स्वदेश देखि प्रबास सम्म गरौ एकता समाजिक कार्यमा सामुहिक प्रतिबद्धता“ भन्ने मुल नाराका साथ २०१६ स्थापना भएको सृजनशिल युवा समाज नेपाल कुवेतको नव निर्वाचित कार्य समिति तपसिल बमोजिम रहेको छ ।

संरक्षक बिजय तामाङ

सल्लाहकार – युवराज बस्याल
पुष्कर खडका

अध्यक्ष – पुष्कर सिंह धामी
प्रथम उपाध्यक्ष – तारा बहादुर मगर
दुतिय उपाध्यक्ष – कमल पाण्डे मगर
महासचिव – प्रदिप खालिङ रराइ
सचिव – बबाल ठकुरी
सहसचिव – पदम कुमार माबो
कोषाध्यक्ष – मोहन कुमार लिम्बू
सह कोषाध्यक्ष – वीर बहादुर लिम्ब
ज्येष्ठ सदस्य – बुध कुमार लिम्बू

सदस्यहरू
मीन बहादुर थापा
मनोज दर्जी
प्रेम मगर
अमर सिंह थापा
नवराज राउत
प्रेम बहादुर मोक्तान
गुन्जा सोती मगर
हर्क रोका क्षेत्री
रोशन सुनार
रमेश मगर

प्रवक्ता – अंकित मिजार

राष्ट्रिय गान तथा दीप प्रज्वल गरेर शुरू भएकत्र हिजोको तेश्रो अधिवेशन समारोह कुवेतको नेपाली समाजका चिरपरिचित साहित्यिक व्यक्तित्व अम्मर खड्काको संचालन तथा संस्थाका को स्वागतमा भव्य र सभ्य रूपमा मिडियाकर्मीहरू सामाजिक अभियन्ताहरूलाइ कदर तथा सम्मान गर्दै सम्पन्न भएको थियो ।

कार्यक्रमको अन्त्यमा बोल्दै नवनिर्वाचित अध्यक्ष धामाीले अत्यन्त कार्य व्यस्तताको वावजुद पनि कार्यक्रममा उपस्थित भइ शुभकामना मन्तव्य दिनुहुने प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी लगायत उपस्थित सम्पूणर्मा हार्दिक आभार व्यक्त गर्दै संस्थाले आफूलाइ तेश्रो कार्यकालको लागि समेत सर्वसम्मत चयन गरेकोमा सबै प्रति नतमस्तक भएको बताउँदै प्रवासमा नेपालीहरूको हकहितको कार्य र स्वदेशमा विभिन्न किसिमले सहयोग आवश्य भएका जो कसैलाइ पनि सहयोग गरिने बताउँदै त्यसका लागि कुवेतमा कृयाशिल सबै संघ संस्था लगायत सबैसँग हातेमालो र सहकार्य गरेर अघि बढ्ने जनाउँदै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...