Monday 13th April 2026

यूएईमा अलपत्र परेका बिक्रमलाई गरियो उद्दार


तितोपाटी- वैदेशिक रोजगारिका लागि यूनाइडेट अरब इमिरेट्स(यूएई)को दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् ।

मकवानपुर मनहरी-३ हाँडीखोलाका बिक्रमलाई जापान, यूएई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक् सहयोग जुटाएर बिहीबार नेपाल फर्काएका हुन् ।

दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि काम गर्दागर्दै बेहोस भई ढलेका थिए । उनको उपचारको क्रममा पेटको अप्रेशन भयो । उनको उपचार नसकिँदै भिसाको अवधि सकियो । अस्पतालमा उपचार हुँदै गर्दा भिसा सकिएपछि उनी बेसाहारा बनेका थिए । अवैधानिक बनेपछि नेपाल फर्कन पनि समस्या भएको र काम पनि नपाएपछि उनी अलपत्र अवस्थामा थिए ।

अर्जुन सुनाम, श्रीराम रिजाल(जापान) लगाएतको सकृयातामा एक हप्ताको अवधिमा एक लाख रुपैयाँ जुटाएर बिक्रमलाई नेपाल फर्काइएको हो ।

बिक्रमको नेपालमा आफ्नै अभिभावक छैनन र उनी ठुलो बुवाको घरमा बस्ने गरेका थिए । नेपाल फर्किएका उनलाई दिदी समृद्धि लामाको जिम्मा लगाइएको छ । उनको थप उपचारको लागि हाँडीखोला निवासी सञ्जीव पाठक र मनहरी हस्पिटलका सिनियर अहेब ज्योतिराज लुइटेल लगायतको टिमले पहल गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...