Friday 16th January 2026

कुवेतमा अर्घाखाँचीका राजकुमार खड्काको निधन


तितोपाटी- वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राजकुमार खड्काको हृदयघातका कारण निधन भएको छ ।अर्घाखाँची, सितागंगा -२, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ आइतवारका दिन मृत्‍यु भएको हो ।

उनी बेलुका सकुशल सुते पनि बिहान नउठे पछी अन्य साथीहरुले हेर्दा ओछ्यानमै मृत भेटिएका हुन ।

नेपाली दूतावास कुवेतका द्दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०७२५१९०६ का २७ बर्षिय राजकुमार खडकाको कम्पनी र परिवारसंग समन्वय भईरहेको छ । सिलवाल थप्छन खड्काको शव ११ डिसेम्बर (शनिवार) नेपाल पठाइदै छ ।

मृतक खडका वैदेशिक रोजगारीका लागि सन् २०१६ मा कुवेत गएका हुन ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...