Tuesday 1st September 2026

विवाद समाधान गरेर मात्रै दशाैं महाधिवेशन गर्न एनआरएनए केन्द्रीय सल्लाहकारहरूको सुझाब


काठमाडौं (जीएनएन) — गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरुले संघभित्रको जारी विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।

हाल काठमाडौँमा जम्मा भएका लगायत सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन जोड दिएका हुन् ।

गैरआवासीय नेपाली संघ आइसीसी सल्लाहकारहरू विश्व आदर्श पण्डित, कुल आचार्य, जमुना घले, यम कुमार गुरुङ (त्रिलोक), सोम सापकोटा, एसी शेर्पा र हरिबोल भण्डारीले निर्वाचनको शुद्धता र विश्वसनीयता कायम गर्नका लागि संघको विधान विपरित मतदाता नामावलीमा राखिएका विद्यार्थी र पर्यटक भिसामा रहेका व्यक्तिहरुलाई सो सूचीबाट हटाउनुका साथै सम्बन्धित एनसीसीहरुको साधारण सभापछि थप गरिएका सबै सदस्यहरुको नाम मतदाता सूचीबाट हटाउन सुझाव दिएका छन् ।

‘दशौं महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडी बढाउनु पर्छ भन्ने तथ्यप्रति फेरि जोड दिन चाहन्छौं। अन्यथा संस्थाको स्थापनादेखि नै योगदान पुराउंदै आएका साथीहरुलाई समावेश नगरी गराइने कथित चुनावले संस्थालाई विभाजन र विघटनको बाटोतर्फ डो-याउने हाम्रो ठहर छ । त्यसैले डेलिगेट्स छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र आम सहमतिको आधारमा निर्वाचनको कार्यक्रम अगाडी बढाउन हामी सुझाव दिन चाहन्छौं,’ सल्लाहकारहरुले भनेका छन् ।

उनीहरुले नेपाल सरकार, प्रमुख राजनीतिक दलहरु तथा सम्वद्ध पदाधिकारीहरु विरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्दा त्यसले संस्थाको गरिमा घटाउनुका साथै संस्थाको अहित गर्ने भएकाले संघको कुनै पनि जिम्मेवार पदाधिकारीले त्यस्तो गतिविधि नगर्न पनि अनुरोध गरेका छन् । संघले एकलौटी रुपमा विवाद समाधान नगरी निर्वाचन समितिमार्फत मतदाता नामावली प्रकाशित गरेपछि एनआरएनएभित्र विवाद थप पेचिलो बन्दै गएको छ ।;


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...