Friday 31st July 2026

नेपाली दूतावास बहराइनले गर्यो खेलाडी सम्मान


तीतोपाटी, काठमाडौं – बहराइनमा सञ्चालित एशियन यूथ प्यारा गेम्समा सहभागी नेपाली खेलाडी तथा पदाधिकारीहरूलाइ नेपाली राजदूतावास बहराइनले सम्मान गरेको छ।

तेक्वान्दोमा आइतवार भएका प्रतिस्पर्धाहरुमा पलेशा गोवर्द्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत पदक तथा विशाल गर्बुजाले कास्य पदक जितेका थिए । खेलाडीहरु लगाएत प्रशिक्षक कविराज नेगी लामा, टोली नेतृत्वकर्ता तथा राष्ट्रिय खेलकुद परिषद्को सदस्य नन्दा वस्याललाई दुतावासले सम्मान गरेको हो ।

नेपाली राजदूतावास बहराइनका कार्यवाहक राजदूत अरूणा घिसिङ्ग तथा सहचारी सुनिता लकान्द्रीले सोमवार दूतावासमा आयोजित एक कार्यक्रममा खेलाडी तथा पदाधिकारीहरूलाई सम्मान गर्दै राष्ट्रको गौरव थप उँचो बनाएकोमा विजेता, सहभागी तथा पदाधिकारीहरूलाई बधाई दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले मंगलबार अमेरिकी सैन्य बलमाथि भएको भनिएको ब्यालेस्टिक मिसाइल आक्रमणको प्रयासको जवाफस्वरूप इरानका विभिन्न सैन्य…

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

प्रतिकृयाहरू
...