Monday 30th March 2026

कोयस्ट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न


आर.बी. बुढाथोकी- तीतोपाटीडटकम-ललितपुरको बालकुमारीमा रहेको कोयस्ट इन्टरनेसनल कलेजले कोयस्ट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न गरेको छ। सो कम्पिटिसनमा ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम)संकायका छात्र तथा छात्रा गरि ४४ जनाले भाग लिएका थिए।

निकै ब्यबस्थित रुपमा आयोजना गरिएको सो कुकिङ्ग कम्पिटिसनमा अत्यन्त उत्साहका साथ फस्ट,सेकेन्ड र थर्ड सिमेस्टरका विद्यार्थीहरुले भाग लिएका थिए र प्रोफेसनल सेफ झै भिन्न भिन्न परिकार बनाएर देखाएका थिए ।

प्रत्येक प्रतियोगीलाइ भिन्न भिन्न स्टल सहित सम्पुर्ण किचनका उपकरणहरु उपलब्द्द गराइएका कारण स्तरिय रुपमा परिकार तयार गर्न सहज भएको प्रस्ट थियो। निर्णयकको रुपमा प्रफेसनल सेफहरु बोलाइएको हुदा पनि कुकिङ्ग प्रतियोगिताको रौनक नै छुट्टै थियो। लामो समय पाकवान पेशामा खारिएका सेफहरु निर्णायकका रुपमा बसेका कारण प्रतियोगिहरु बिच कुनै विवाद र संकोच थिएन। जर्ज प्यानलमा दि सोल्टी काठमान्डैका सुसेफ आर बि बुढाथोकी, विदेशमा धेरै वर्ष काम गरेर अनुभब बटुलेका अन्तरराष्ट्रिय सेफ राम कृष्ण थापा र राम थापा रहेका थिए।

सो कुकिङ्ग कम्पिटिसनमा थर्ड सेमिस्टरका समर बिक्रम शाही, फस्ट सेमिस्टरकी जेनिशा श्रेष्ठ र थर्ड सेमिस्टरको आशुतोस लामिछाने क्रमश प्रथम, दितिय र्‍ त्रितिय भएका थिए। बिजेतालाई प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरिएको थियो। बाकी सबै प्रतियोगिहरुलाइ पनि प्रमाण पत्र हस्तान्त्रण गरिएको थियो।
कलेजले यस्ता खालका कुकिङ्ग कम्पिटिसन हरेक वर्ष आयोजना गर्ने गरेको कुरा सो कलेजका डाइरेक्टर कोलिन किरण श्रेष्ठले बताए। यस्ता क्रियाकलापले छात्र छात्रामा एक किसिमको छुट्टै माहोल बन्ने उनको तर्क थियो।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...