Monday 12th January 2026

कोयस्ट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न


आर.बी. बुढाथोकी- तीतोपाटीडटकम-ललितपुरको बालकुमारीमा रहेको कोयस्ट इन्टरनेसनल कलेजले कोयस्ट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न गरेको छ। सो कम्पिटिसनमा ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम)संकायका छात्र तथा छात्रा गरि ४४ जनाले भाग लिएका थिए।

निकै ब्यबस्थित रुपमा आयोजना गरिएको सो कुकिङ्ग कम्पिटिसनमा अत्यन्त उत्साहका साथ फस्ट,सेकेन्ड र थर्ड सिमेस्टरका विद्यार्थीहरुले भाग लिएका थिए र प्रोफेसनल सेफ झै भिन्न भिन्न परिकार बनाएर देखाएका थिए ।

प्रत्येक प्रतियोगीलाइ भिन्न भिन्न स्टल सहित सम्पुर्ण किचनका उपकरणहरु उपलब्द्द गराइएका कारण स्तरिय रुपमा परिकार तयार गर्न सहज भएको प्रस्ट थियो। निर्णयकको रुपमा प्रफेसनल सेफहरु बोलाइएको हुदा पनि कुकिङ्ग प्रतियोगिताको रौनक नै छुट्टै थियो। लामो समय पाकवान पेशामा खारिएका सेफहरु निर्णायकका रुपमा बसेका कारण प्रतियोगिहरु बिच कुनै विवाद र संकोच थिएन। जर्ज प्यानलमा दि सोल्टी काठमान्डैका सुसेफ आर बि बुढाथोकी, विदेशमा धेरै वर्ष काम गरेर अनुभब बटुलेका अन्तरराष्ट्रिय सेफ राम कृष्ण थापा र राम थापा रहेका थिए।

सो कुकिङ्ग कम्पिटिसनमा थर्ड सेमिस्टरका समर बिक्रम शाही, फस्ट सेमिस्टरकी जेनिशा श्रेष्ठ र थर्ड सेमिस्टरको आशुतोस लामिछाने क्रमश प्रथम, दितिय र्‍ त्रितिय भएका थिए। बिजेतालाई प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरिएको थियो। बाकी सबै प्रतियोगिहरुलाइ पनि प्रमाण पत्र हस्तान्त्रण गरिएको थियो।
कलेजले यस्ता खालका कुकिङ्ग कम्पिटिसन हरेक वर्ष आयोजना गर्ने गरेको कुरा सो कलेजका डाइरेक्टर कोलिन किरण श्रेष्ठले बताए। यस्ता क्रियाकलापले छात्र छात्रामा एक किसिमको छुट्टै माहोल बन्ने उनको तर्क थियो।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...