खेतबारी साहुको हात बन्धकी भयो।
शरिर यता खाडीमा हत्कडी भयो।
छोरा छोरी सबै लाखापाखा लागेपछि
बृद्ध बाआमाको साहारा बैशाखी भयो।
महँगा औषधि कहाँबाट पाउनु र खानु
गरिबको भाग्य त्यहि पानी पट्टी भयो।
न्याय माग्ने कठगरा जाकिएका छन्
कसरी भन्नु अव यहाँ ज्यादती भयो।
चप्पलमा हिजै हिँडेजस्तो लाग्छ खै
नेताहरु खै कसरी यत्रो ऐयासी भयो?
– लक्ष्मी स्मृति, बिराटनगर-५