Wednesday 11th March 2026

उपन्यास “संघार नाघेको उज्यालो” को पाठकीय टिप्पणी


नारायण कोइराला – संघार नाघेको उज्यालो उपन्यास पढेपछि।

परदेश यात्राको क्रममा केही पुस्तकहरू मेरो साथमा मरुभूमिमा आएका थिए।त्यो मध्यको एक पुस्तक हो, संघार नाघेको उज्यालो। पुस्तक राम्रो कभरमा सजिए जस्तै भित्र पनि शब्दहरू त्यसरी नै सजिएको पाए।सर्वप्रथम त यो उपन्यास उपलब्ध गराउनु हुने सीता बिष्ट कार्की जीलाई धन्यबाद।

उपन्यास सरल भाषा प्रयोग गरी लेखिएको हुँदा जो कोहीलाई पढ्न र बुझ्न सजिलो छ।यस उपन्यासको विषयबस्तु र शीर्षकको मेल अति मिलेको पढ्दै जाँदा अनुभव हुन्छ।बिषय बस्तु पनि अहिलेको समयमा चलिरहेको परिवेशलाई राम्रै संग समेट्न सफल रहेछ।छोटो भएकोले अहिलेको वेस्थ परिवेशमा पढ्न लामो समय नचाहिने हुँदा प्रदेशको व्यस्थ समय निकालेर पनि सजिलै पढ्न सकिन्छ।

मुलत: इन्टरनेट सेवाले मानवलाई कसरी भ्रम र वास्तविकता भन्दा बाहिर पुर्याएको छ भन्ने भाव फेसबुकको माध्यमबाट देखाउन खोजेको छ।
यसमा पात्रहरू कम्ती नै छन्।दुइ परिवार अदृश्य रूपमा एक आपसमा पात्र बनेको महसुस हुन्छ। विवाहित पुरुष र विवाहित महिला बिच अदृश्य माया नै एक आपसमा सिञ्चित छ।यहाँ सम्मकी एउटा फोटो पनि एक आपसमा शेयर हुँदैन।
यो मायाले भूमिकाको मुख्य पात्रमा रहेको व्यक्तिलाई घरमा मात्र नभएर कार्यालयको काममा पनि ठूलो असर गरेको अवस्था छ।उसको मन मस्तिष्कमा उसकै फेसबुककी साथीको असर रहन्छ जसको कारण जिन्दगीमा उथलपुथल आउन खोज्छ तर जसोतसो आफैलाई व्यवस्थित गर्न चाहन्छ।अर्को मुख्य पात्रको रूपमा रहेकी उसकी फेसबुकको साथीको हालत पनि उस्तै छ।कहिले काहिँ श्रीमान घरमा हुँदा कुरा गर्न नपाएको पीडा पनि राम्रो संग उतारिएको छ।

यसरी पढ्दै जाँदा मनमा खुल्दुली आउँछ नै।यिनीहरूको घरबारमा दरार आउला त? के फेसबुकको माया जोडिएर आफ्नै परिवार तहस नहस होला त?अथवा फेसबुकको माया फेसबुक मै सीमित होला।

उपन्यासको अन्तिम तिर आउँदा रहस्यमय अर्को पन्ना थपिन्छ। जो फेसबुकको महिलाको बारेमा छ।यो सबै भेद खोल्यो भने उपन्यास पड्नेहरुको लागि खल्लो होला।मलाई लाग्छ यो भेदले नै उपन्यासलाई सफल बनाउने छ।
अन्तिममा पुरुष पात्रको मनस्थिति बुझेर श्रीमतीले तलाक दिन अवस्था आउँछ।तर त्यस्तो हुँदैन। उपन्यास खुसीमा टुंगिएको छ।यो कलाकारिताले नै लेखक र उपन्यास दुवै सफल भएको आभास हुन्छ।

नारायण कोइराला
तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...