Saturday 20th April 2024

जन गणनामा सोधिने नयाँ तीन प्रश्नहरू को उत्तर जानी राखौ


डा. अम्बरिश पोख्रेल- हालको जनगणना सोधिने नयाँ मुख्य तीन प्रश्नहरू निम्न अनुसार रहेका छन । ती प्रश्नहरूको उत्तर दिनको लागि अलमल नहोस् भनी केही व्याख्या प्रस्तुत गरिएको छ ।

पुर्खाको भाषा के हो ?
मातृ भाषा के हो ?
दोस्रो भाषा के हो ?

१. दोस्रो भाषा:

बाहुन, क्षेत्री, दमाई, कामी, सार्की, तथा नेवार राई, लिम्बू, मगर, यादव, झा, मुसहर, चौधरी देखि सिके राउत देखि आङकाजी शेर्पा सम्म सबैले घर बाहिर समुहमा कुरा गर्दा नेपाली भाषा प्रयोग गर्ने गरिन्छ धेरै जसो । माथिका यी सबैको दोस्रो भाषा नेपाली भयो ।

जस्तै आङ्काजी शेर्पा ले जतिसुकै चर्को कुरा गरे पनि उसको दोस्रो भाषा नेपाली हो । नेपालीमै भाषण नारा अन्तरवार्ता वा मुखमा आएको गाली सबै नेपालीमै बोलिरहेका हुन्छन् उनी।

तर आफ्नो गाउँ टोल नछोडेका हजारौं नेपालीहरु पनि छन्, उनीहरूले घरमा वा आफ्नो टोलमा वा जातिमा वा समुदायमा आधारित एउटै भाषा प्रयोग गर्छन् । त्यो अवस्थामा उनीहरूको वा उक्त व्यक्तिको मातृ भाषा र दोस्रो भाषा एउटै हुन् जान्छ । तर उनीहरूले नेपाली वा अर्को भाषा प्रयोग गर्दैनन् । जस्तै पुरानो पुस्ताका काठमाण्डौ, पाटन तथा भक्तपुरका नेवारहरू हुनुहुन्छ । तराईतिर मैथिली वा भोजपुरी भाषा प्रयोग गर्ने गाउँहरू छन् ।

अर्थात् उनीहरूले दुई भाषा प्रयोग गर्दैनन् ।
घर भित्र वा समुदायमा एउटा भाषा र अन्य जाति वा समुह वा व्यक्ति वा छिमेकीसँग अर्को भाषा प्रयोग गरिदैन यो अवस्थामा ।

२. मातृ भाषा:
घरमा आमाको काखमा छदा, आमा (र बा पनि हुन सक्छ) ले कुन भाषामा कुरा गरेर हुर्काउनु भयो, त्यो मातृ भाषा हुने भयो ।

जस्तै, अंग्रजी, नेपाली, भोजपुरी, मैथिली, नेवारी, थारु, मगर आदि आदि भाषा हुन सक्ने भयो ।

तर जात वा थर अनुसार मातृ भाषा, त्यही समुदायको हुन्छ भन्ने पनि छैन ।

जस्तै: आजभोलि घरमा धेरै मानिसले पुर्खा वा मातृ भाषा प्रयोग नगरी, नेपाली वा अंग्रजी भाषाबाट केटाकेटीहरू हुर्काउने गरी रहेका हुन्छन् । यसरी कसैको लागि मातृ भाषा अंग्रेजी वा नेपाली हुन सक्छ ।

सजिलो गरी बुझ्नको लागि: कुनै मुस्लिमको लागि मैथिली तर कुनैको लागि भोजपुरी पनि हुन सक्छ । पहाडका रैथाने मुस्लिमको नेपाली नै हुने गर्दछ ।

३. पुर्खाको भाषा:
तपाईं हाम्रो पूर्खाहरुले कुन भाषा प्रयोग गर्नु भयो वा थियो त्यो नै पुर्खाको भाषा भयो । जस्तै अहिलेका मगरहरुको पुर्खाको लागि, मगर भाषा हुन सक्ने भयो । बाहुन क्षेत्रीको लागि खस वा संस्कृत हुन सक्छ।

सजिलो बुझ्नको लागि: आङकाजीको लागि तिब्बती होला शायद । आङकाजी शेर्पा अस्ति भर्खरै (धेरै भएकै छैन !) उतैबाट आएको हुनाले ।
तर नेपालका रैथाने सबै शेर्पाहरुको पुर्खाको भाषा तिब्बती नहुन पनि सक्छ ।
अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...