Wednesday 11th March 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ३०


गर्नु किन घमण्ड पाप्‌,लोभ रुखो बोली सानु ।
मर्दा संगै लिइ जाने, के नै छ र भोलि सानु ।

दाम भन्दा नाम इमान, कमाउँछु भन्नेले त,
चाल्नुपर्छ पाइलाहरु,सधैँ जोखिम मोलि सानु ।

भाग्य लाई कुकर्मले, जब फेर्दै ढालिदिन्छ,
भिख माग्दै हिड्नुपर्छ,भिरी थोत्रो झोली सानु ।

मृत शरीर नङ्याएर, कात्रो भित्र पोको पारी,
शंख फुक्दै घाट लान्छन,चढाउएर डोलि सानु ।

सहेकै थेँ तिरस्कार, सहेकै हो कटु वचन,
ठाँउको ठाँउ ढल्ने गरि,लागेको छ गोलि सानु।

प्रतिमा शिवाकोटी(उप्रेती)
भुम्लु गा.पा ८,भुम्लुटार,काभ्रेपलान्चोक ।
(२०७८/७/२६ शुक्रबार)


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...