Wednesday 21st January 2026

वैदेशिक रोजगार कार्यालयका सुब्बा घुससहित पक्राउ


तितोपाटी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक नायव सुब्बालाई पक्राउ गरेको छ । आयोगले ताहचलस्थित वैदेशिक रोजगार कार्यालयका नायव सुब्बा दुर्गाप्रसाद पोखरेललाई २१ हजार घुससहित पक्राउ गरेको हो ।

पोख्रेलले विभागमा श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीबाट सो रकम लिएका हुन् । उनले सेवाग्राहीलाई आलटाल गरी अनलाइन फारम भर्न विचौलियासँग जानुपर्ने बाध्यता देखाएको बताइएको छ। पोख्रेलले बिचौलियाको काम गर्ने खेमप्रसाद काफ्लेमार्फत २१ हजार रुपयाँ घुस लिएका थिए ।

नायव सुब्बा पाख्रेल र बिचौलिया काफ्लेले सेवाग्राहीबाट सो रकम लिएको उजुरीका आधारमा आयोगले उनीहरुलाई बुधबार सोल्लीमोडबाट पक्राउ गरेको हो । आयोगले उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...