Friday 11th September 2026

कोरोनाको कारण अहिलेसम्म विश्वभर ५० लाखभन्दा बढि मानिसको मृत्यु


तीतोपाटी – करिब २ वर्ष अघि शुरू भइ विश्वभर फैलिएर संसारलाइ चपेटामा पारेको कोरोना महामारीको कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म ५० लाख नाघेको छ । कोरोना महामारी सम्बन्धि विभिन्न ताजा तथ्यांक सार्वजनिक गर्दै आएको वर्ल्डमिटर डट इन्फोका अनुसार अहिले सम्म विश्वभर ५० लाख २४ हजार २ सय ५८ जना मानिसहरूको मृत्यु भएको छ । त्यसै गरि कोरोना महामारीबाट संक्रमित हुनेको संख्या २४ करोड ८० लाख भन्दा माथि रहेको छ भने कोरोना संक्रमित भइ निको हुनेको संख्या २२ करोड ६६ लाख भन्दा बढि रहेको वर्ल्ड मिटर डट इन्फोले तथ्यांक सार्वजनिक गरेको छ ।

हाल विश्वभर कोरोना विरूद्धको खोप अभियान संचालन भइरहेको कारण संक्रमण तथा मृत्युदरमा भने कमी आएको छ तर विज्ञहरूले कोरोनाबाट मृत्यु हुनेहरूको संख्या अझ धेरै भएको हुनसक्ने अनुमान गरेका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले समेत सार्वजनिक संख्याभन्दा ३ गुणा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ७ लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । दोश्रो धेरै संक्रमित रहेको भारतमा ४ लाख ५८ हजार बढीको मृत्यु भएको छ भने तेश्रो धेरै संक्रमित रहेको ब्राजिलमा ६ लाख ७ हजार भन्दा बढिको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ लाख ८ हजार १ सय ७ जना संक्रमित भएकोमा ११ हजार ४ सय २७ जनाको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...