Monday 12th January 2026

राजदूत नियुक्ती र जापानवासी नेपालीका विषयमा एनआरएनए जापानको टोलीद्धारा परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र 


तीतोपाटी डटकम-काठमाडौं-गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबिच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ ।

एनआरएनए जापानका उपाध्यक्षहरु राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोलिले नोभेम्बर २ तारिख मन्त्री खड्कालाई परराष्ट्र मन्त्रालयमा भेटेर टोलीले ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

तत्काल सम्वोधन गरिनुपर्ने दुई र दिर्घकालिन रुपमा गर्नुपर्ने ७ वटा महत्वपूर्ण विषय समेटिएको ज्ञापनपत्रमा रिक्त राजदूत तत्काल नियुक्ती सहित दुई देशबिचको कुटनीतिक सम्वन्ध मजबुद बनाउन आग्रह गरिएको छ ।

नेपालमा सिओई आएर रोकिएका सबै भिषा स्टाटसका नेपालीहरुको प्रवेशमा सार्थक पहल गर्न तथा नेपाल एयरलाईन्सको सिधा हवाई उडानमा चर्को भाडादर रहेकाले समायोजनको पहल गर्न परराष्ट्र मन्त्री मार्फत आग्रह गरिएको छ ।

श्रमिकको सिपमूलक क्षमता अभिबृद्धिमा पहल, जापानमा पाउने पेन्सन नेपालमा लिन सकिने व्यवस्थाको लागि सम्झौतामा पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराईएको छ ।

जापानको आम्दानीलाई दोहोरो कर छुटको व्यवस्था गर्न दुई देशबिच दोहोरो कर छुट सम्झौताको पहल गर्न, अल्पबिकसित राष्ट्रका नागरिकहरु लाभान्वित हुनेगरि बनेका नियम, सेवा र सुविधाको लागि सरकारलाई सहजिकरण गर्न र यसमा एनआरएनए जापानले समन्वयात्मक काम गर्ने प्रद्धिबता एनआरएनए जापानको टोलिले गरेको छ ।

कुक भिषामा जापान जाने नेपालीहरुबाट लिने गरिएको चर्को रकम, सम्झौता अनुसार जापान पुगेपछि तलब नदिनेगरेका समस्या र उनिहरुमाथिको दुःख बढ्दो क्रममा रहेकाले समस्या सुल्झाउन एनआरएनए जापानले जोडदार आग्रह गरेको छ ।

जापान र नेपाल सरकारबिच भएको सम्झौता अनुसार नेपाली कामदार लैजाने सहमती भएपनि प्रक्रियामा भएको ढिलासुस्तीले गर्दा हजारौं नेपालीले मौका गुमाईरहेकाले यसमा तदारुकताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराईएको छ ।

भियतनाम, चीन लगायत कतिपय राष्ट्रका विद्यार्थीहरुको पार्टटाईमबाट हुने आम्दानीमा कर तिर्नुनपर्ने व्यवस्था रहेपनि नेपालले सो सुविधा नपाएकाले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न आग्रह गरिएको छ ।

हाल जापानको लागि नेपालको तर्फबाट राजदूत नियुक्ती नभएकाले यथासक्य छिटो कुटनीतिक क्षेत्रमा दक्षता राख्नसक्ने राजदूत नियुक्तीको पहल गर्न आग्रह सहित एनआरएनए जापानले सरकारले चाल्ने कदममा एनआरएनए जापानले सबै किसिमको साथ र समन्वयको भूमिका निभाउने प्रतिबद्धता जनाएको छ ।

एनआरएनए जापानको तर्फबाट ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री नारायण खड्काले सरकारले ज्ञापनपत्रमा उल्लेख बुंदाहरुको अध्ययन गरेर तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...