Monday 12th January 2026

कुवेतमा अबैध घरेलु र आयातित मदिरा सहित ३ नेपाली पक्राउ


तीतोपाटी डटकम-कुवेत सिटी-कुवेतमा घरेलु र आयातित मदिरा सहित ३ जना नेपाली पक्राउ परेका छन।उनिहरुलाई ९० बोतल मदिरा बिक्री गर्दैको अवस्थामा पक्राउ गरिएको हो।

साल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएका सुरक्षाकर्मीलाई देखेर फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडीका चालक भाग्न खोजे पछी प्रहरीले पिछा गरी मदिरा बिक्रेतालाई पक्राउ गरेको हो। चालकलाई पक्राउ गर्दा गाडीको डिकीमा ठूलो परिमाणमा घरेलु र आयातित मदिरा फेला परेको थियो।

उनिहरुलाई नोभेम्बर १ तारिक सोमबार पक्राउ गरिएको हो। पक्राउ परेका तिनै जना नेपाली कामदारहरुको परिचय खुलाईएको छैन भने उनीहरुलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...