Monday 30th March 2026

कुवेतमा तीन सय भन्दा वढी नेपालीले लिए निशुल्क श्वास्थ्य शिबिरको सेवा


तीतोपाटी डटकम ,कुवेतसिटी-गैंर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए) कुवेत र मेट्रो अस्पातलको सहकार्यमा शुक्रबार सम्पन्न निशुल्क स्वास्थ्य शिबिरबाट ३ सयभन्दा बढी नेपालीहरुले सेवा लिएका छन।

एनआरएनए कुवेतका महासचिब दिल पाख्रिन भन्छन’कुवेतको साल्मिया स्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटल र एनआरएनएको सहकार्यमा कुवेतमा काम गर्ने ३ सय भन्दा बढी नेपालीहरुले निशुल्क स्वास्थ्य शिबिरमा सेवा लिए।कुवेतको सिभिल आईडी र राहदानीको आधारमा निशुल्क स्वास्थ्य शिबिरको सुबिधा दिईए पनि केही अनडकुमेन्टेड(कुवेतको भिषा कानुन उल्लङ्घन गर्ने) नेपालीहरुले पनि उक्त स्वास्थ्य शिबिरको फाईदा उठाएका थिए।’

बिहान १० बजेबाट बेलिकी ५ बजे सम्म स्वास्थ्य जाँचको लागि समय तोकिएको भएता पनि सेवाग्राहीको अत्याधिक चाप बढेकाले बेलुकी १० बजे सम्म स्वास्थ्यकर्मीहरुले सुबिधा उपलब्ध गराएका थिए।पाख्रिन थप्छन’ धेरै नेपाली दाजुभाइ-दिदीबहिनीहरुले एक्सरे,अल्ट्रासाउन्ड र केहीले डक्टरको सल्लाहा बमोजिमा पिसीआर परिक्षणको समेत सुबिधा लिएका थिए।’

स्वास्थ्यकर्मीहरुको भनाइलाई उध्रित गर्दै एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामा भन्छन’अधिकांश नेपालीहरुमा मधुमेह, कोल्स्टोर, रक्तचाप र पिसाब सम्बन्धी समस्याहरु देखिएको थियो।त्यस अस्पातलका स्वास्थ्यकर्मीहरुले सके सम्म धेरै सेवाग्राहीहरुलाई आवश्यकता अनुसारका परिक्षण गरी

रिपोर्ट दिने साथमा

औषधी र फलोअप जाँचमा २० प्रतिशत छुटको सुबिधा दिएका थिए।सेवाग्राहीको संख्या सोचे भन्दा अत्याधिक भए पछी आगामी नोभेम्बर १९ शुक्रबार बिहान

७ बजे देखी १२ बजे सम्मका लागि सय जनालाई निशुल्क स्वास्थ्य जाँचको टिकट दिईएको छ।’

प्रमुख अतिथीको रुपमा श्वास्थ्य शिबि

रमा पुगेका कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भन्डारीले एनआरएनए कुवेत र मेट्रो अस्पातलको सहकार्यमा अयोजित निशुल्क स्वास्थ्य शिबिरले धेरै नेपालीहरुलाई आफ्नो स्वास्थ्य अवस्था बुझ्ने अबसर दिएको र य

सलाई निरन्तरता दिन समेत अनुरोध गरे।

यसै बिच एनआरएनए कुवेतले एक प्रेश बिज्ञप्ती निकाल्दै प्रमुख अतिथी,मेट्रो अस्पातल अनी सहयोगी सबैलाई आभार ब्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...