१
बेमौसमी झरेर पहिररो,
मुटु भित्र चोट छ गहिरो ।
२
दाजुभाइ आउँछन् तिहार,
रमाइलो~ गर्ने छ बिचार।
३
राम्रोसँग बिताउँ जीवन,
जिन्दगीमा लागेन अमन।
४
हामीहरु अगाडि बढेर,
राम्रोसँग शिखर चढेर।
५
विदेशमा तिहार मनाऊँ,
गाउँ घर राम्ररी सजाऊँ।
६
हामीहरु मिलेर रमाऊँ,
चाडपर्व रङ्गिन बनाऊ।
७
मखमली फुलेको बारीमा,
दाजुभाइ दुबई खाडीमा।
८
बेमौसमी झरेर पहिरो,
मुटुभित्र पिर छ गहिरो ।
९
आउँदैनन् अहिले प्रवासी,
मन भयो सारै नै उदासी।
१०
कसैलाई भरोसा नगर,
धेरैथोरै~मनका~रहर।
११
माइतीमा बोलाए मलाई ,
सोच्नु पर्छ हामीले भलाई ।
१२
मेलापात धेरै नै गरियो,
मुटुभित्र चोटले भरियो।
१३
जानलाई मन छ सहर,
हजारौं छ मनका रहर।
१४
विश्वास छ धोकामा नपार,
माया गरें त्यतिकै नमार।
१५
चङ्गा जस्तो उडेको जीवन,
दुई चुल्ठो बाँधेको रिबन।
✍️ सहयात्री शोभा अर्याल
बुटवल, रुपन्देही
::::: जय टुक्का! जय साहित्य!! :::::