१
शरदको श्रृङ्गार
मखमली हार
युगौयुग चम्क
प्रगतिमा लम्क
आशिष् दिएँ भाइ
सदा झैँ रमाइ ।
२
अति पृय नाता
दाजुभाइ सदा
दिदी बहिनीको
गति ह्रदयको
बनोस् पर्व हर्ष
हाम्रो उच्च गर्व।
३
मखमली फुल्यो
धानबाली झुल्यो
आइ हाल भाइ
हाँसेर रमाइ
खुसी हुन्छु अनि
गुनासो नमानि।
४
सम्झना अनेक
आउँछ हुत्तिएर
म छु दूर देश
नौलो परिवेश
नरुनु है दिदी
यस्तै छ स्थिती।
सुधा बास्कोटा ढकाल
काठमाण्डौं