बेमौसमी वर्षातले रित्तिँदै बहुसंख्यक किसानको भकारी
वैदेशिक ऋण र अनुदानको तलबमा रमाएका सरकारी कर्मचारी
बहुसंख्यक संसारका मनुष्यको मुख्य खाद्यबाली धान
बहुमत जनताको हित अनुकूल भएन हाम्रो संविधान
किसानको आँशु र पीरमर्कामा साथ कता हो कता
हाम्रो नेता कुर्सी र सत्ताका लागि घरि यता घरि उता
मिहिनेत र परिश्रमले भित्र्याउन ठिक्क परेको धान स्वाहा
हुनेछ एमसीसीको डलरले देश र संविधान नै स्वाहा
बेमौसमी वर्षातले देशभर बाढी पहिरो विपत्तिको वितण्डा
सरकार र प्रतिपक्षलाई एमसीसीको डलर नपाउँने धन्दा
सत्य राम कासिछ्वा
भक्तपुर, सुर्यमढी-९