Friday 19th April 2024

प्राकृतिक प्रकोपको बेला सामजिक सञ्जालको दुरुपयोग किन?


नारायण कोइराला – मरुभुमि आफ्नो कर्मथलो भएकोले स्वदेश आउँदा आउने वर्षातले केही क्षण मनलाई आनन्दित बनाए पनि अवस्था गम्भीर हुँदै जदा मनमा खिन्नता जाग्नु स्वभाविक पनि हो दसैंको रमझमले खुसियाली छाएको अवस्थामा वेमाैसमी वर्षातले सबैलाई दुःख कष्ठ त दिएको नै छ।

यस्तो अवस्था सबैको मनमा चिन्ता छाउनु स्वभाविक पनि हो।यो समय भनेको मुलतः कृषक खुसि हुने समय हो। खेतमा धानका बालाहरू लहराई रहने समय पनि हो । धान काटेर भकारी भर्ने बेला पनि हो नै। प्राकृतिक प्रकोपको स्वरूप आएको वर्षातले किसानको आशालाई निरासामा परिवर्तन त गरेको नै छ। कतिपय ठाउँमा धान काट्ने काम भै सकेको अवस्था पनि थियो।यो अवस्थामा काटिएका धानहरु बगाएको दृश्य त प्रतक्ष्य रूपमा देख्न पाएको छ। कृषकहरु बलिन्द्र रूपमा रोएको फोटोहरुमा देख्न सकिन्छ। समग्रमा भन्दा सामाजिक सञ्जाल खुब तातेको छ।

बग्दै गरेको धानका बालाहरू,किसानले हेर्दै रुँदै गरेको दृश्य, डुबानमा परेका धानका फाँटहरु बास्तवमै जो कोहीको पनि मन रुवने अवस्था छ।

यो अवस्थामा सामाजिक सञ्जाल मार्फत कृषक रोएको फोटो,संग आफ्नो साना तीन लेख रचनाहरु जोडेर पोस्ट गरेको पनि प्रशस्तै देखिन्छ।मानाै वर्षातको वितण्डा सामाजिक सञ्जाल तताउन नै आएको हो।यहाँ मनन गर्नुपर्ने अर्को पक्ष पनि छ। आफ्नो पोष्टले अरूको दुःख दर्शाएको हो अथवा दुःख दिएको छ।अरूको रुँदै गरेको फोटो मर्मै नबुझि सामजिक सञ्जालमा पोष्ट गर्नुको अर्थ के? यदि भावनात्मक फाइदा लिन खोजेको हो भने, फाइदा कसलाई ? अरूको भावनालाई तोडमोड गरेर अनावस्यक रूपमा सञ्जाल तताउँदैमा समस्या हल हुने हो र? समय र परिस्थति नबुझि गरिने यस्ता क्रियाकलपहरुले वेदनामा पर्नेहरुलाई काटेको घाउमा मलम होइन नुनचुक छर्कन पनि सक्दछ।
कृषकको बारेमा दुःख जाताउनु सुखत हो।कुनबेला कसरी कति सम्म गर्दा ठीक होला भन्ने तर्फपनि हाम्रो ध्यान जान जरुरी छ।भोलि मेरो अनुमति बिना मेरो फोटो सामाजिक सञ्जालमा कसरी ?किन? राखियो भन्ने अवस्था आयो भने त्यसको उत्तर हामी संग के? यसरी हेर्दा सामाजिक सञ्जालमा पहिला अरूको भावना बुझौ।अरूको र आफ्नो भावना एउटै हुन्छ भन्ने भ्रम नपरौं।

नारायण कोइराला
तानसेन पाल्पा
हाल:युएई।


सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...