Saturday 6th June 2026

प्राकृतिक प्रकोपको बेला सामजिक सञ्जालको दुरुपयोग किन?


नारायण कोइराला – मरुभुमि आफ्नो कर्मथलो भएकोले स्वदेश आउँदा आउने वर्षातले केही क्षण मनलाई आनन्दित बनाए पनि अवस्था गम्भीर हुँदै जदा मनमा खिन्नता जाग्नु स्वभाविक पनि हो दसैंको रमझमले खुसियाली छाएको अवस्थामा वेमाैसमी वर्षातले सबैलाई दुःख कष्ठ त दिएको नै छ।

यस्तो अवस्था सबैको मनमा चिन्ता छाउनु स्वभाविक पनि हो।यो समय भनेको मुलतः कृषक खुसि हुने समय हो। खेतमा धानका बालाहरू लहराई रहने समय पनि हो । धान काटेर भकारी भर्ने बेला पनि हो नै। प्राकृतिक प्रकोपको स्वरूप आएको वर्षातले किसानको आशालाई निरासामा परिवर्तन त गरेको नै छ। कतिपय ठाउँमा धान काट्ने काम भै सकेको अवस्था पनि थियो।यो अवस्थामा काटिएका धानहरु बगाएको दृश्य त प्रतक्ष्य रूपमा देख्न पाएको छ। कृषकहरु बलिन्द्र रूपमा रोएको फोटोहरुमा देख्न सकिन्छ। समग्रमा भन्दा सामाजिक सञ्जाल खुब तातेको छ।

बग्दै गरेको धानका बालाहरू,किसानले हेर्दै रुँदै गरेको दृश्य, डुबानमा परेका धानका फाँटहरु बास्तवमै जो कोहीको पनि मन रुवने अवस्था छ।

यो अवस्थामा सामाजिक सञ्जाल मार्फत कृषक रोएको फोटो,संग आफ्नो साना तीन लेख रचनाहरु जोडेर पोस्ट गरेको पनि प्रशस्तै देखिन्छ।मानाै वर्षातको वितण्डा सामाजिक सञ्जाल तताउन नै आएको हो।यहाँ मनन गर्नुपर्ने अर्को पक्ष पनि छ। आफ्नो पोष्टले अरूको दुःख दर्शाएको हो अथवा दुःख दिएको छ।अरूको रुँदै गरेको फोटो मर्मै नबुझि सामजिक सञ्जालमा पोष्ट गर्नुको अर्थ के? यदि भावनात्मक फाइदा लिन खोजेको हो भने, फाइदा कसलाई ? अरूको भावनालाई तोडमोड गरेर अनावस्यक रूपमा सञ्जाल तताउँदैमा समस्या हल हुने हो र? समय र परिस्थति नबुझि गरिने यस्ता क्रियाकलपहरुले वेदनामा पर्नेहरुलाई काटेको घाउमा मलम होइन नुनचुक छर्कन पनि सक्दछ।
कृषकको बारेमा दुःख जाताउनु सुखत हो।कुनबेला कसरी कति सम्म गर्दा ठीक होला भन्ने तर्फपनि हाम्रो ध्यान जान जरुरी छ।भोलि मेरो अनुमति बिना मेरो फोटो सामाजिक सञ्जालमा कसरी ?किन? राखियो भन्ने अवस्था आयो भने त्यसको उत्तर हामी संग के? यसरी हेर्दा सामाजिक सञ्जालमा पहिला अरूको भावना बुझौ।अरूको र आफ्नो भावना एउटै हुन्छ भन्ने भ्रम नपरौं।

नारायण कोइराला
तानसेन पाल्पा
हाल:युएई।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...