Sunday 15th March 2026

राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत विदेश मंत्री मेशल इब्राहिम अल- मुदाफ विच शिष्टाचार भेटघाट सम्पन्न


तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासका राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, परराष्ट्र मन्त्रालयका वाणिज्य दूतावास मामिलाहरुको लागी सहायक विदेश मन्त्री मेशल इब्राहिम अल- मुदाफ बीच हिजो कुवेत सरकारको परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

उक्त भेटका अवसरमा कोभिड-१९ का कारण रोजगारीको क्षेत्रमा परेको असर, नेपाल-कुवेतबीच आवत-जावतको अवस्था, कामदारकालागि प्रवेशाज्ञाको व्यवस्था, परिवर्तित सन्दर्भमा रोजगारीका नयाँ संभावनाहरु, नेपाली कामदारको रोजगारीका नयाँ क्षेत्रमा पहुँच, कामदारहरुको समग्र हित सम्बन्धी विषय लगायत नेपाल-कुवेत बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपाली दूतावास कुवेतले जानकारी दिएको छ।

भेटका अवसरमा नेपाली राजदूतावासका श्रम सहचारी हेम कुमार अधिकारी, तथा कुवेत सरकार, परराष्ट्र मन्त्रालयका मन्त्री सामी अल-रूबैयन लगायत अन्य अधिकारीको पनि उपस्थिति रहेको थियो।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...