Thursday 8th October 2026

कुवेतमा नियम उल्लंघन बिरुद्ध पक्राउ अभियान,अनिश्चित समयको लागी स्थगित


तितोपाटी- पछिल्लो केही महीना यता कुवेत सरकारले नियम उल्लंघन कर्ताहरुलाई तिव्र रूपमा थालेको पक्राउ अभियान, अर्कों सूचना जारी नभएसम्म अनिश्चित समयका लागी स्थगित गरेको छ।

कति समय लाग्ने भन्ने बारेमा मन्त्रालयले जनाएको छैन।
पक्राउ परेका अवैध आप्रवासीहरुको संख्यामा वृद्धि आए पछी स्वास्थ्य चिन्ता, निर्वासन केन्द्रमा भीडभाड र सीमित उडानका कारण कुवेत सरकारले उक्त निर्णय लिएको हो

पक्राउ परेकाहरु अहिले पनी आफ्नो देश फर्किन पाएका छैनन
देश निकालाहरु को लागी उडानहरुको कमी को कारण कुवेतको आन्तरिक मन्त्रालय ले श्रम र नियम उल्लंघनकर्ताहरुको लागी
केही दिनको लागीस्थगित गरेको श्रम मन्त्रालयलाई उद्धत गर्दै अल कबासले लेखेको छ।

तीन दिन पहिले, मौखिक निर्देशन विभिन्न क्षेत्रहरु लाई निरीक्षण रोक्न दिइएको थियो। कुवेतका अस्थायी कारागारहरु पक्राउ अभियान तिव्र बनाए पछी हज़ारौको संख्यामा गिरफ्तार गरी राखिएको छ, जसको परिणामस्वरूप अहिले कारागार भरीभराउ छन। सोही कारागारमा, फरार कामदारहरु र अन्य अवैधहरु नागरिकले स्वदेश फिर्ता को लागी पर्खिरहेका छन भने अन्य कुवेतमा रहेका अवैध आप्रवासीहरुलाई पुन केही समय पछी पक्राउ अभियान थालिने बताएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...