Thursday 22nd October 2026

कुवेतमा नियम उल्लंघन बिरुद्ध पक्राउ अभियान,अनिश्चित समयको लागी स्थगित


तितोपाटी- पछिल्लो केही महीना यता कुवेत सरकारले नियम उल्लंघन कर्ताहरुलाई तिव्र रूपमा थालेको पक्राउ अभियान, अर्कों सूचना जारी नभएसम्म अनिश्चित समयका लागी स्थगित गरेको छ।

कति समय लाग्ने भन्ने बारेमा मन्त्रालयले जनाएको छैन।
पक्राउ परेका अवैध आप्रवासीहरुको संख्यामा वृद्धि आए पछी स्वास्थ्य चिन्ता, निर्वासन केन्द्रमा भीडभाड र सीमित उडानका कारण कुवेत सरकारले उक्त निर्णय लिएको हो

पक्राउ परेकाहरु अहिले पनी आफ्नो देश फर्किन पाएका छैनन
देश निकालाहरु को लागी उडानहरुको कमी को कारण कुवेतको आन्तरिक मन्त्रालय ले श्रम र नियम उल्लंघनकर्ताहरुको लागी
केही दिनको लागीस्थगित गरेको श्रम मन्त्रालयलाई उद्धत गर्दै अल कबासले लेखेको छ।

तीन दिन पहिले, मौखिक निर्देशन विभिन्न क्षेत्रहरु लाई निरीक्षण रोक्न दिइएको थियो। कुवेतका अस्थायी कारागारहरु पक्राउ अभियान तिव्र बनाए पछी हज़ारौको संख्यामा गिरफ्तार गरी राखिएको छ, जसको परिणामस्वरूप अहिले कारागार भरीभराउ छन। सोही कारागारमा, फरार कामदारहरु र अन्य अवैधहरु नागरिकले स्वदेश फिर्ता को लागी पर्खिरहेका छन भने अन्य कुवेतमा रहेका अवैध आप्रवासीहरुलाई पुन केही समय पछी पक्राउ अभियान थालिने बताएको छ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...