Thursday 2nd July 2026

टहल आचार्यको गजल सङ्ग्रह – २६


रावणको यो राज्यमा रामको कुरा गर्दा ,
यहाँ पागल भँईदोरैछ कामको कुरा गर्दा ।

दुःख सुख साह्रो गाह्रो आपसी सङ्कटमा ,
सामाजिक सेवा धर्म नामको कुरा गर्दा ।

भ्रष्टाचार दुईनम्बरी कालो धनको बिरुद्धमा ,
पसिनाको कमाई त्यो दामको कुरा गर्दा ।

मै हुँ भन्ने जान्ने बुझ्ने नास्तिक र मूर्ख सामु ,
पूजा मेला व्रत तिर्थ धामको कुरा गर्दा ।

राष्ट्रियता देशभक्ति यो माटोको जगेर्नामा ,
एकता सद्भाव र कतै लामको कुरा गर्दा ।

टहल आचार्य


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

प्रतिकृयाहरू
...