Wednesday 13th May 2026

किवी फलको कथाः कसरी, किन र केका लागि खाने ?


आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-केही समययता हाम्रो फलफूल बजारमा एउटा स्वादिलो, रसिलो फलले प्रवेश पाएको छ । फल हो, किवी । यो आयातित होइन । हाम्रै घर-आँगनको फल हो ।

फल अन्डाकार छ । बोक्रा तासेर खाँदा गाउँपाखामा फल्ने ऐंशेलुको स्वाद पाइन्छ । यसले जिब्रोलाई सजिलै लोभ्याइदिन्छ ।तर, यसको गुण स्वादमा मात्र छैन । स्वास्थ्यका लागि पनि अति गुणकारी फल हो, यो ।

केही वर्षयता नेपालमा किवी फल खेतीतर्फ आकर्षण बढ्दै गएको छ । नेपालमा यसलाई ठेकी, गाईथुने फल, फेमियाल्दाजस्ता नामले पनि चिनिन्छ । विश्वका उत्कृष्ट २७ फलमध्ये किवी एक नम्बरमा पर्ने गर्छ ।किविबाट एैँसेलु, भुइएैंसेलु, केरा, भुँईकटहरजस्ता फलफुलको स्वाद लिन सकिन्छ ।

किवीको कथा

यसको बाहिरी झुस न्युजील्यान्डको रास्टि्रय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो ।सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको थियो । न्युजील्यान्डमा यसको खेती अत्यधिक मात्रामा हुने गर्छ । किवी खेतीको लागि चिसो हावापानी उपयुक्त हुन्छ । किवीको एक स्वस्थ बोटले सय किलोग्रामसम्मको उत्पादन दिन्छ ।

नेपालको पनि विभिन्न उच्च भुभावमा यसको खेती गरिन्छ । जापानिज संस्था जाइकाले २०४३ सालमा किवीलदाई नेपाल भित्राएको मानिन्छ । किवीलाई विश्वकै उत्कृष्ट फलको रुपमा लिन्छ ।

किवीको औषधीय गुण

– किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ ।

– किवीमा क्यालोरिको मात्रा प्रसस्त हुन्छ । त्यसैले यसको नियमित सेबन सेवन गर्दा क्यान्सरजस्तो रोगबाट बचाउनका लागि पनि सहयोग पुर्‍याउछ ।

– यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ । छालासम्बन्धि विभिन्न रोगबाट पनि बचाउँछ ।

– यसले आँखालाईसमेत तन्दुरस्त राख्न भूमिका खेल्छ । यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ ।

– किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ ।

– यसले मुटु रोगको सम्भावनालाई समेत कम गर्छ ।

-तौल घटाउने प्रयासमा हुनुहुन्छ भने किवीको नियमित सेवन गरौं ।

– किवीले अनिद्राको समस्या समाधाान गर्नमा पनि अहम भूमिका खेल्छ ।

– यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भबती महिलाहरुको लागि निकै उपयोगी हुन्छ ।

– किवीले पाचन प्रक्रिायमा पनि महत्वपूर्ण भुभिका निर्वाह गर्छ ।

किवीका दुई प्रकार

– किवी दुई प्रकारका हुन्छन् । एउटा झुस हुने र अर्को नहुने । हावार्ड जातीको किवी बिश्वभर लोकपि्रय छ ।

– किवीलाई जाम, जुस, स्मोथी, वाइन, केक, सलाद आदीको रुपमा प्रयोग गर्न सकिन्छ ।

दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...