Saturday 21st February 2026

पाँच नारी स्रष्टाका षड्ऋतुहरू


तीन षडॠतु

नदीका किनारा
हुदैन्न है एक
जहिले अलग
एक अर्का बाट
टाढै नै छन् दुई
बग्दै जाने मिल्न ।

एक अर्का बाट
टाढा टाढा भई
पुग्ने एकै ठाउँ
समुन्द्र हो गाउँ
जताततै बाट
भेट हुने ठाउँ ।

कही नीलो पानी
नुनिलो छ कतै
बर्षातको भेल
मिली खेल्ने खेल
छ सिङ्गो संसार
पानीमा बस्नेको ।

दुर्गा पौडेल
शंकरनगर ।

षडऋतु

लुकेको मायाले
छेक्याे कि जालले
जता गए पनि
अाऊ मेरी सानी
कति राम्राे बानी
छौ अाँखाकाे नानी

न भाेकमा अन्न
छैन पैसा गन्न
कता जाऊँ भाछ
पिरमात्र लाछ
निद्रा सब भाग्छ
पेटमात्र पाक्छ

दर्किएछ पानी
गर्याे यस्ले हानी
जीउ धन लग्यो
घरभित्र पस्यो
हाहाकार भयाे
सबै चिज बग्याे,

अतिवृष्टि भयाे
खेतबारी लग्याे
बास छैन कतै
लालाबाला काख
भयाे यस्तो हाल
छैन निकाे चाल

पिरमात्र पर्छ
कसले के गर्छ
जताततै हेर्छ
मनले के भन्छ
सेवा गर्ने हात
पाएँ मैले साथ

गजब देखियाे
घुँडामा फाटेकाे
अब त छेकियाे
ताेरी हाे फुलेको
पहेलै देखेर
भमरा भुलेकाे

इन्दिरा ज्ञवाली
तानसेन ,पाल्पा

केही षडऋतुहरु


न जाडाे छ धेरै
न गर्मी अघाेरै
न बर्षा न मैलाे
शरद् भाे सुनाैलाे
सफा स्वच्छ अाहा!
धरा व्याेम सारा ।

दशैं अाउँदैछ
तिहार अाउँदैछ
नयाँ जाेस राम्राे
ठुलाे चाड हाम्राे
खुसीले मनाऔ
र औधी रमाऔ।

हटे मेघमाला
उदाए चन्द्रमा
सफा व्याेम हेर
न गर्मी छ धेर
शरद्काे उजेलाे
रमाउने छ मेलाे।

सुधा बास्कोटा ढकाल
काठमाण्डौ

षड्ऋतु

खुल्याे भीषा भन्दै
समाचार फुक्छ
युवा जति बेच्छ
रेमिट्यान्स बुज्छ
यसाे उसाे गर्छ
अाफ्नाे भुँडी भर्छ

अाठ पास नेता
डिग्री पास कुल्ली
कुर्सी ताना तान
सधै हल्ली खल्ली
देशका उध्याेग
बेचि खाए सबै

कर्णधार युवा
पारी लाए बरै
काम छैन गर्न
भाेकाे पेट भर्न
के गर्ने त बरा
हिडे सरा सर

शारदा ढकाल, पाल्पा

षडऋतु : दशै

तिज रम झम
गए सँग सगै
दशै अाउदैछ
बर्षा जाने मेसाे
गर्दै आकाशको
रंग फेरिदैछ।।

राेगकाे स्थिती
यथावत उस्तै
छनी अाेहाे अजै
दैनिकी मृत्युु का
खबर ले मान्छे
त्रसित भाछहै।।

खैत कता गयो
दशै रमझम
घर जाने दिन
गनि बस्ने मन
परिबार भेटि
रमाउने झन।।

कति रमाईला
थिए नि ती दिन
गाउँमा गएर
मनाएका दशै
ठुला बडा कति
बाटो हेरि बस्थे ।।।

छाेरा छाेरिअाई
रमाइलो मानी
घर लिपपोत
जता हेर्याे तेतै
मिठा मिठा पाक्थे
सँगै बसि मान्थे

फेरियो समय
भेट हुन गार्‍हो
राेगले गरायो
त्राश सबलाई
सचेत हुम है
डर नै छ अझै ।

शाेभा गाैतम
काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

प्रतिकृयाहरू
...