Saturday 21st February 2026

दस स्रष्टाका उदकहरू



बाबा
महिमा अपार
औँसी कुर्नु किन ?

बाबाले
बाँच्न सिकाउने
पीडा लुकाइ मुस्कुराउने !

बोलीको
पहिलो शब्द
पिताबाट हुने सुरुआत !
✍️ प्रभादेवी पौडेल, चितवन


धन
आपत्तिमा जन
हराउँदै गएको आफ्नोपन !

मैना
ज्यानको बैना
सधैँ भोलि नहुने !

माया
जीवनको काया
जिउनु अपरिहार्य छाया !
✍️ ईश्वरी अधिकारी, लमजुङ


बिग्रिएका
युवादेखि वृद्धसम्म
जताततै टिकटकको दुरुपयोग !

हराएर
गुन्यु चोली
भित्रियो पेन्ट सारी !

रित्याएर
इज्जतको झोली
बनिरहेका जिउँदो लास !
✍️ अन्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु


तिज
पर्व रमाइलो
शिवजीको पूजा आराधना !

चतुर्थी
गणेशजीको पूजा
दुबो सिन्दुर अक्षता !

पञ्चमी
सप्तऋषि पूजा
महिलाको पाप नास !
✍️ रमा पन्त, पाल्पा


पढेन
कान्छो छोराले
मोबाइलले हर्‍यो जिन्दगी !

युद्ध
हिमाल वारि
हिमाल पारिको होइन ।

युद्ध
नारी,सम्पत्ति
मूल कारण रहेछ ।
✍️ देवी पन्थी, विराटनगर


तिज
दर खाने
पुर्खाको चलन नासिँदै !

तिज
मादल चाप
धमिरा खिया लाग्दै !

तिज
नारीको पर्व
आपसमा नाच्दै रमाउँदै !
✍️ चक्र शाही, कैलाली


तिज
नारीको पर्व
संस्कृति परम्पराको जगेर्ना !

संस्कृति
पुर्खाको चिनो
जोगाऊँ कसै गरेर !

चेली
जम्मा भइ
रमाइलो गर्दै आज !
✍️ तेजप्रसाद खनाल, लमही, दाङ


शिक्षा
चेतनाको संवाहक
व्यवहार परिवर्तनको आधार !

पशु
खाएर बस्ने
विवेक नभएको जन्तु !

पहाड
बाँझो बारी
मिलेर बनाऔँ हरियाली !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली


गिद्ध
वातावरण समृद्ध
चरा मध्येको प्रसिद्ध !

सुवास
फुलको आभास
छाओस् धरती आकाश !

सडक
देखिँदैन फरक
हुन्छ सदा यथार्थपरक !
✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे

१०
विदाइ
मनमा अभाव
पीडाको मिश्रित क्षण !

विश्राम
आनन्द अनुभूति
सुरुआत मध्य अन्त्य !

आँसु
भावानाका कहर
वेदना मिश्रित संवेग !
✍️ रोशन पराजुली, धरान


सम्बन्धित शीर्षकहरु

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

प्रतिकृयाहरू
...