Friday 14th November 2025

कर्मदा सिर्जना मञ्च नेपालको काव्य गोष्ठी सम्पन्न


लक्ष्मी प्रसाद मिश्र, लमजुङ – कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार,लमजुङको चौधौं नियमित कार्यक्रम १५६ औं मोतीराम जयन्ती विशेष कविगोष्ठी सम्पन्न भयो । भर्चुअल माध्यमबाट गत बिहिवार सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलले गर्नुभएको थियोे । कार्यक्रममा अनुप सिर्जना प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष, हास्यव्यङ्ग्यकार ,वरिष्ठ पत्रकार, कुशल समीक्षक तथा वरिष्ठ साहित्यकार प्राज्ञ नरनाथ लुइटेलको प्रमुख आतिथ्य, विशिष्ट आमन्त्रित डा.बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल,गोविन्दप्रसाद घिमिरे वेदमणिको उपस्थितिमा १५६ औं मोती जयन्ती विशेष रचना वाचन भव्य रूपमा सम्पन्न भयो ।

यस अवसरमा रचना वाचन गर्ने स्रष्टा क्रमस प्राज्ञ नरनाथ लुइटेल, डा.बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल ,गोविन्दप्रसाद घिमिरे वेदमणि,खोलाघरे साहिलो,कलानिधि दाहाल,गायत्रीकुमार चापागाई,शीतल गिरी,रामचन्द्र न्यौपाने वनवासी,द्वारिका कुइकेल,सीता कार्की,जगदीश्वर पोखरेल ,निर्मलरमण पराजुली,लक्ष्मीप्रसाद मिश्र,दुर्गाअधिकारी भमरकोटे,चन्द्रा न्यौपाने,सुधा वास्कोटा ढकाल,सीतादेवी पाण्डे,आर्त अकुलीन,अर्जुन वेदना,पूर्णादेवी न्यपाने,कल्पना देबकोटा,वीरबहादुर लोहनी,कालीचरण बस्नेत, शारदा कार्की,ले रचना वाचन गर्नु भएको थियो ।

स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको एक मात्र साहित्यिक संस्थाले साहित्य,भाषा तथा कलाको श्रीवृद्धिमा ठूलो योगदान पु-याउँदै आइरहेको छ । कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता,खोरिया,गीत,पञ्चाङ्ग ,सुसेली तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू मोतीराम भट्टको योगदानका वारेम र राष्ट्रभक्तिभावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति बिरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूर्ण थिए ।

प्रमुख आमन्त्रित नरनाथ लुइटेलज्यूले छन्द रस,बिम्ब,प्रतीक अलङ्कारको वारेमा ज्ञान सर्जकमा हुनु पर्दछ । कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो ।अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलौएको छ भन्नु भयो र मोतीरामको साहित्यमा ठूलो योगदान छ भन्नु भयो । आज वाचन गरिएका रचनाले मन्त्रमुग्ध बनाए भन्नु भएको थियो ।

समीक्षक खोलाघरे साइलो ज्यूले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो। अध्यक्ष पोखरेलले सम्पूर्ण स्रष्टाको गरिमायम उपस्थितिले कर्मदाको १५६ औं मोतीराम जयन्ती विशेष कविगोष्ठी सभ्य भव्य शैलीमा सफल बनाउनु हुने सम्पूर्ण स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कार्यक्रम सञ्चालन समेत जगदीश्वर पोखरेलले गर्नु गर्नु भएको थियो


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...