Monday 13th April 2026

टुक्का साहित्य समाजकाे आयाेजनामा टुक्का वाचन तथा रक्तदान कार्यक्रम सम्पन्न


तीतोपाटी – टुक्का साहित्य समाज काठमाडाैंकाे आयाेजना र बत्तिसपुतली महिला विकास समिति, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघ, सामुदायिक प्रहरी गौशाला प्रहरी वृत्त, नेपाल रेडक्रस सोसाइटी पशुपति, चावहिल, बौद्ध उपशाखाकाे सह-आयोजनामा आज असाेज २ गते वृहद् रक्तदान तथा टुक्का वाचन कार्यक्रम काठमाडाैंकाे गाैशालामा भव्यताका साथ सम्पन्न भएकाे छ।

बिहान १० बजे देखि दिउँसाे २ बजेसम्म संचालन भएकाे उक्त कार्यक्रममा २३ स्वयम् सेवी रक्तदाताहरूले रक्तदान गर्नु भएकाे थियाे ।

टुक्का साहित्य समाजकी सचिव विमुन्स पाैडेलकाे संयाेजकत्व र समाजका बलियाे खम्बाकाे रूपमा रहनु भएका सदस्य पूर्ण बहादुर श्रेष्ठको सभापतित्वमा, बत्तिसपुतली महिला विकास समिति की अध्यक्ष उमा गौतम, नेपाल रेडक्रस सोसाइटी पशुपति चावहिल बौद्ध उपशाखा का अध्यक्ष उत्तम महर्जन, सामुदायिक प्रहरी तथा महानगरिय प्रहरी प्रभाग गाैशाला, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघ को सक्रिय सहभागिता र सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे।

कार्यक्रमकी संयाेजक विमुन्स पौडेलले सुरुवाती सञ्चालन गरेको कार्यक्रममा समापनमा ललिता गिरीले संचालन गर्नु भएकाे थियाे।

उक्त कार्यक्रममा रेहित सैजू, पूर्ण श्रेष्ठ ‘हृदयङ्कृत’, संस्थाकी काेषाध्यक्ष रचना शर्मा ‘प्रतिक्षा’, ललिता कालु बिन्दास तथा विमुन्स पौडेलले विभिन्न सर्जकहरूका टुक्का हरू वाचन गर्नु भएकाे थियाे भने साहित्यकार शिव शर्माले छन्द कविता वाचन गर्नु भएकाे थियाे ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाई र बत्तिसपुतली महिला विकास समिति की अध्यक्ष उमा गाैतमकाे विशेष पहलमा आयाेजित उक्त कार्यक्रममा कार्यक्रमका सभापती श्रेष्ठ तथा अध्यक्षद्वय चापागाईं र गाैतमले टुक्का वाचन तथा रक्तदान कार्यक्रमलाई भव्य रुपमा सफल पार्न अार्थिक तथा भाैतिक रूपमा सहयाेग पुर्याउनु हुने सम्पूर्ण स्वयमसेवी, समाजसेवी तथा साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु भएकाे थियाे।
रक्तदान समारोहका केहि झलकहरूः


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...