Thursday 25th April 2024

कुवेतमा अवैध कामदारलाई धरपकड शुरु,ठुलो संख्यामा आप्रवासीहरु पक्राउ


तीतोपाटी डटकम- नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्य मध्येमा पर्ने कुवेतले आवासीय अनुमति पत्र (भिसा/अकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध १४,सेप्टेम्बर,२०२१ मंगलवारदेखी विदेशी कामदारलाई धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ ।

यो संगै कुवेतद्वारा प्रतिबन्धित नियमावलीको उल्लंघन गरी कुवेतमा बसिरहेका आप्रवासी नागरिकहरु धरपकडको निशानामा परेका छन। नेपाली पनि यसबाट प्रभावित हुनेछन्। एकिन संख्या उपलब्ध नभए पनि हजारौं नेपाली गैरकानुनी रुपमा कुवेतमा बसिरहेको अनुमान छ।

यस अघी कोरोना कहरको बिचमा पनि कुवेत सरकारले पटक-पटक गरी अवैधानिक आप्रवासीहरुलाई वैधानिक बन्न वा जरिवाना तिरेर मुकुल छाड्न सुविधा दिएको थियो।

कुवेतमा ३४ लाखको हाराहारीमा कार्यरत आप्रवासी रहेका छन। कुवेतले अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई २०२० को एप्रिल महीनामा कुवेत सरकारले झण्डै ३० दिनको आममाफी दिएको थियो।एप्रिल एक देखी एप्रिलको ३० तारिक सम्म, त्यस्तै नेपालीको लागी भने कुवेतले अप्रिल २६ देखि ३० सम्म चार दिनको समय दिएको थियो उक्त अवधी भित्र २८ सय भन्दा बढ़ी नेपाली घर फर्किएका थिए भने अन्य देशका नागरिक सहित ठुलो संख्यामा देश छाडेका थिए।

आममाफी सकिए पछी पुन कुवेत सरकारले पटक पटक स्वदेश फ़र्किने मौका नदिएको पनी होईन। बारम्बार वैधानिक बन्न दिएको समय सकिएलगत्तै कुवेले धरपकड गरी स्वदेश पठाउने अभियानलाई तीव्रता दिएको हो ।

बिगत तिन दिन देखी धरपकड अभियान थालेको कुवेत सरकारले आज सम्म कुवेतको विभिन्न क्षेत्रमा ३२७ जनालाई पक्राउ गरेको छ। उक्त पक्राउ पर्ने हरुमध्य धेरै जसो भिसा समाप्त भई अवैधानिक भएका हरु छन भने बाँकी अन्य विभिन्न किसिमको आरोपमा पक्राउ परेका छन।

कुवेत सरकारले सुरु गरेको धरपकडमा आज सम्म के कती जना नेपालीलाई पक्राउ गरेको छ भन्ने बारे यकिन हुन सकेको छैन। पक्राउ परेका आप्रवासीहरुलाई डिपोर्टेसन सेन्टर -घरफिर्ती केन्द्र) मा राखेर स्वदेश पठाउने अभियान रहेको बताइएको छ।

कुवेतमा कुल अवैधानिक प्रवासीको संख्या?
कुवेतमा नेपाली सहित अन्य मुकुलका नागरिक अहिले पनी एक लाख पचास हजारको संख्यामा अवैधानिक रूपमा बसोबास गर्दै आएका छन।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...