Friday 22nd October 2021

यमनमा सरकारी सुरक्षा फाैज र विद्रोहीबिचको झडपमा कम्तिमा ५० जनाको मृत्यु


तीतोपाटी – यमनमा सरकारी सुरक्षा फाैज र विद्रोहीबिचको झडपमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० जना मारिएको कुरा द टाइम्स अफ इन्डियाले जनाएको छ ।

सैनिक स्रोतलाइ उद्धृत गर्दै प्रकाशित उक्त समाचार अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा सरकारी सुरक्षा फाैज तर्फ एक उच्च सैनिक अधिकारी सहित २० जना र विद्रोहीतर्फ कम्तिमा ३० जना मारिएका छन् । सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा सो संख्यामा हताहत भएको बताइएको छ ।

हुथी विद्रोहीहरुले मारिएका आफ्ना लडाकूको संख्या कम भएको बताए पनि कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दावी गरेको छ ।

इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरुमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भएका छन् ।


Loading...
सम्बन्धित शीर्षकहरु

जन्मदिनको अवसरमा शुभकामनासहित बन्दना घिमिरे - भरतपुर,चितवनकी चेली,सफल व्यवसायी, कुशल पाठक र लघुकथाकार गीता शर्मा चापागाईंले मिति २०७८/७/४ गते हाम्राे…

तितोपाटी- वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका…

जुनेली परिकल्पना गरी जोडेम हामी धेरै मीत, ज्ञान,भाव,साहित्यमा सधै हुन्छ हाम्रो जीत, सत्यता र शीतलताको प्रतीक बन्यो जुनेली शीत, विश्वास…

प्रतिकृयाहरू