Sunday 12th April 2026

विमानस्थलमा चाप बढन थालेसँगै भगौडाहरु लखेटिन थाले


तीतोपाटी – कुवेतमा भाईरसको संक्रमण घटेसँगै विमानस्थलमा चाप बढन थालेको छ । कुवेत सरकारद्धारा व्यवसायिक उडानलाई कोटा सिस्टम लागु गरेर दोहरो उडानको अनुमती दिन थालेको एक सातामा भारत र ईजिप्टबाट कुवेत भित्रनेको संख्या १७,८४३ पुगेको छ ।

दैनिक १० हजारको संख्यामा कुवेत भित्रन सक्ने गरी कुवेत सरकारले नियम बनाएको छ तर एक साता भित्र नै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी यहाँको सरकारको रहेको समाचारहरुमा जनाईएको छ । गत सेप्टेम्बर ५ तारिकबाट ११ तारिकको तथ्यांक हेर्ने हो भने भारत र ईजिप्टबाट १७४ वटा उडान भएका छन । जस मध्ये ईन्डियाबाट ८५ वटा उडान कुवेतका लागि भएको देखिन्छ तर नेपालबाट भने हाल सम्म जजिरा एयरले बाहेक अरू एयरले नेपालबाट मानिसहरु कुवेतका लागि ओसारेका छैनन् । अर्को साताबाट नेपालबाट कुवेत विमान सञ्चालन हुने चर्चा भने शुरु भएको छ ।

यसै विच ईलिगल कामदारहरुको खोजी कार्य कुवेत सरकारले गर्न थालेको छ । हिजै मात्र विनिदअलगरबाट ९६ जना पक्राउ परेका छन । एक एक वटा ईलाकालाई घेरा हालेर उक्त घेराभित्र परेका मानिसहरुको सिभिल आईडी चेक जाँच गर्ने कार्य शुरु भएको छ । पक्राउ पर्नेमा अधिकांश भिषाका अवधी सिद्धिएका र भगौडाहरु छन । फरार अभियुक्त १ जना र एक जनाको कुनै कानूनी परिचय नखुलेको बताईन्छ । अब कुवेतको श्रम बजारको आपुर्ति सुचारु हुने भए सँगै ईलिगलहरुलाई पक्राउ गर्ने सजाय दिने र डिपोट गर्ने कार्यले तिब्रता पाउने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...