पञ्चाङ्ग १
हृदयको झङ्कार तिमीतिर सरेको छ ।
सम्झनाको एकाई उतैतिर झरेको छ ।
दुख्ने ठाउँ दुखिरहन्छ सधैँ हात थाम्दिनु
पलपलमा याद तिम्रै मात्र गरेको छ ।
सम्हाल अब मन, तिमीबिना मरेको छ ।
सविता के.सी. काठमाडौं
पञ्चाङ २
१
आँखामा छारो हान्ने मात्र सारा देखियो ।
बिना काम आश्वासनका नारा देखियो ।
आफ्नो स्वार्थ पुरा गर्न लागेको दुनियाँ,
फाइदा लुट्न सबै सर्बहारा देखियो ।
स्वार्थी दुनियाँ हेर्दा अफ्ट्यारा देखियो ।
२
आज भोलि म पनि भइन अरे खास उसलाई ।
बाँकी जिन्दगीको छैन भन्छ्नरे आस उसलाई ।
आधुनिक जमानामा मोबाइल फोन चलाउदा,
विश्वास लाग्दैन रे अचेल शंका त्रास उसलाई ।
सबै सम्पत्तिको गरे भन्ने सत्य नास उसलाई ।
३
ढिकि जातो उठेर गरेको आधा रातको याद आयो ।
धानको घानमा ढिकिले कुटेको हातको याद आयो ।
भालेकाे डाकमा घर धन्दा पधेराको पानी ल्याउदा,
बुहारीलाई दिने पिठो कनिका भातको याद आयो ।
हेला गरि बोलिने तितो असुभ बातको याद आयो ।
४
कृष्णको भजन गाएर सकिदैन ।
भगवानले दही खाएर सकिदैन ।
राधाको मन एकोहोरो बनाउने,
बासुरीको धुन बजाएर सकिदैन ।
मुकुट र प्वाख लाएर सकिदैन ।
५
तारा भएर पनि मलाई त जून हुन मन छ ।
बिपत्तिमा लगाएको अमुल्य गुन हुन मन छ ।
धनी गरिव दुख सुख जे भएनी पर्दछ मर्नु,
गरिवको तरकारीमा राख्ने नून हुन मन छ ।
आगोले पनि बिगार्न नसक्ने सुन हुन मन छ।
६
मलाई गल्लीमा फालिएको ढुङ्गा सम्झियौ
म घोच्ने काँडा तिमी फूलको थुङ्गा सम्झियौ
कहिले सम्म हुन्छ नारी पुरुषमा भिन्नता
नदि तिमी वारिपारी तार्ने डुङ्गा सम्झियौ
थुम्बाबाट झर्न लागेकाे म बुङ्गा सम्झियौ।
७
गाउँ घर सबै तिर तिजको आयो लहर मेरो ।
माइती जान लागी रहेछ अहिले रहर मेरो ।
सासुमा भन्नुहुन्छ माइत नजाउ दुलही तिमी,
बढेको छ जताततै कोरोनाको कहर मेरो ।
खाली छैन गाउँ कतै उस्तै छ शहर मेरो ।
८
रुवा जस्तो कोमल आत्मा साट्न आएँ तिमीसँगै!
मन मन्दिरको चोखो माया बाट्न आएँ तिमीसँगै!
सुखको संसारमा जिउन खोजे छु यो ताराले
एकै छिनलाई हैन जीवन काट्न आएँ तिमीसँगै!
दु:ख सुखका मिठा बात छाट्न आए तिमी सँगै।
तारा घिमिरे, संखुवासभा
पञ्चाङ्ग ३
घर शुद्ध मन शुद्ध हुन्छ तन माता।
लक्ष्मी तिम्रा अनेक नाम छन् भन माता।
स्थापना तिम्रै गर्छु दरिद्रता नहोस
पसिना त्यो लगाएको शुद्ध धन माता।
धन धान्य पूर्ण हवस सबै जन माता।
लक्ष्मी बस्याल, बर्दिया
पञ्चाङ्ग ४
आठ ओटा लक्ष्मीकाे नाम सुनेकाे मैले ।
धान्यलक्ष्मी लक्ष्मीकाे नाम बुनेकाे मैले ।
धनलक्ष्मी मनलक्ष्मी गज लक्ष्मी आदि
सन्तेाषी माँ लक्ष्मीकाे नाम गुनेकाे मैले ।
ठुली महाँलक्ष्मी काे नाम तुनेकाे मैले ।
मधुसूदन प्रसाद घिमिरे
❣️पञ्चाङ्ग ५
यहाँ मन नभै त कुनै काम गरिन्न है ।
यो संसारमा कसैको नि भर परिन्न है ।
दुनियाँमा जल्नेहरु हजार हुन्छन् हेर्नुस्,
सक्दा सम्म गरिन्छ भोको पेट मरिन्न है ।
पिडा हुँदा मिठो बोलिले मन भरिन्न है ।।
✍️रिता खराल,रुपन्देही
पञ्चाङ्ग ६
अाजै महालक्ष्मी देवी माता भनी सम्झिएर।
सबैथाेक दिने हाम्री दाता भनी सम्झिएर।
साेह्र दिनसम्म सधैं लगातार पूजा गर्दा
मन शान्त राख्ने खाेल्छिन् खाता भनी सम्झिएर।
गराैँ पूजा अाेताउने उनै छाता सम्झिएर।
ताेयानाथ सुवेदी, काठमाडौं