Monday 16th March 2026

दोषी को ?


माधव पाैडेल ‘असल यात्री’ – न खोलालाई बाटो दिएका छौ न सडकलाई नै अझ राजमार्ग पिडित वाढिपिडित सडक दुर्घटनामा पिडित भन्दैछौ ।

हामी एकछिन गहिरो र ठन्डा दिमागले सोचौ त सवारी चालकले फराकिलो सडक पायो भने सवारी दुर्घटना गर्छ ? कदापी गर्दैन । सवारीलाइ बाटो छेकेन भने वटुवा मर्छ? कुनै हालतमा मर्दैन । नदी किनारमा घर नबनाए कटानको जोखिममा पर्छ ? कुनै हालतमा पर्दैन । हाम्रो देशमा विभिन्न राजमार्गहरुको दाँया बायाँ र नदि किनारमा बसोवास गर्दै अाएका लाखौं घर परिवारहरु बसोवास गर्दै अाएका छन् ।

नदी दोहन गर्ने, नदीको तटिय क्षेत्र मिचेर घर बनाउने, सडकले चर्चेको भाग मिचेर बसोबास गर्ने, बिभिन्न किसिमको प्राकृतिक विनास गर्ने, सरंक्षण भन्दा बिसर्जन पनि तिर लाग्ने अनि पिडित बनेर कुर्लने । यस्तो दस्तालाई सुव्यवस्थित गर्न सरकारले दिर्घकालिन नीति लिन नसक्दा देश विकासमा नै पुर्ण विराम लागेको हो कि भन्ने भान हुन्छ ।

म अरनिको राजमार्गको पेरिफेरिको भएकोले यसबारे अलि जानकार छु त्यसैले केही कुरा उठान गर्दैछु । ५० बर्ष नाघिसक्दा पनि किन अरनिको राजमार्ग जस्ताको त्यस्तै छ ? वर्षेनी बजेट थपिरहँदा पनि किन अझ् झन् झन् खस्किदो छ? यसको लागि को बाधक बने? तपाई हामीले यसको उत्तर कसलाई सोध्ने ? तपाई नेता बन्नलाई यो एजेन्डा पनि प्रमुख नै रह्यो अनि व्यालेट भर्ने साधनका रुपमा पिडितहरु प्रयोग भैरहे तपाईं नेता बन्नु भयो।अब कहिले पाउँछौ हामीले क्षतिपूर्ति? कहिले हामीलाई स्थानतरण गरिन्छ? कहिले चालकले ढुक्क साथ सवारी चलाउन पाउँछौ? कहिले नदिले कसैको हानि नगरिकन अाफेनै वाटोमा वग्न पाउँछ ?

हामीले यस किसिमले सोचेमा अवस्य जवाफ पाउँछाैं । सबै कुराको जड हामी नै हाैं । हामी जनताले नै अलिकति पारख गर्ने हो भने छिट्टै नै विकास निर्माण सम्भव छ । सडक यातायात स्तरोन्नती हुन सम्भव छ । कोही कसैले पिडित बन्नु पनि पर्दैन र कोहि कसैले सहयोगको भीख माग्नु पनि पर्दैन ।

अब हामीले सडक विस्तार गर्न सडक मिचेर बनाएका सरंचना माथि डोजर चलाउने हिम्मत गर्ने कि नगर्ने ? खोलाको मापदण्ड विपरित नदी किनार बसेका बस्तीहरु खाली गर्ने कि नगर्ने ?


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...