Friday 16th October 2026

कुवेतमा काम गर्ने नेपाली मजदुर जिउँदै पुरिए


तीतोपाटी – कुवेतमा बन्दै गरेको नयाँ एयरपोर्टको २ नम्बर टर्मिनलको खाल्डोमा बालुवाको डिस्को खसेर दुई जना नेपाली पुरिएका छन । एक जना ईन्डियनको भने जिउदै उद्धार भएको जनाईएको छ ।

हिजो अर्थात ८ सेप्टेम्बर का दिन अपरान्ह् ३ बजेर १५ मिनट जादा नयाँ एयरर्पोटको बन्दै गरेको २ नम्बर टर्मिनल को १० मिटर गहिरो खाल्डोमा उनीहरु पुरिएका थिए । आपतकालिन रेस्क्यु टिमको अपरेशन ४ घण्टा सम्म चलेको थियो जसमा एक कामदारको भने जिउँदै उद्धार गरिएको समाचारमा जनाईएको छ ।

यस्तै एक घटना सन २०२० को फेब्रवरी १२ मा पनि भएको थियो । जुन घटनामा ६ जना नेपालीले ज्यान गुमाएका थिए । मुत्ला हाउजिंग कम्पनीले निर्माण गरिरहेको उक्त साईटमा दुवै भित्तामा रहेका ढुंगा र बालुवा खस्दा १० जना पुरिएका थिए जहाँ ४ जनाको जिवितै उद्धार भएको थियो ।

उक्त घट्नालाई लिएर कुवेतका अमिरद्धारा नेपाली राष्ट्रपति समक्ष मृतकका परिवारमा समवेदना सन्देश पठाईएको थियो । हेलचक्र्याइका कारण उक्त घट्ना भएको भन्दै छानविन समिती बने पनि त्यसको नतिजा भने सर्वजनिक गरिएको थिएन ।

विमानस्थल जस्तो संवेदनशिल ठाउँमा हिजो भएको सोही प्रकृतिको घट्नाको विस्तृत विवरण भने आउन बाकी नै छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...