Saturday 18th May 2024

कुवेतमा काम गर्ने नेपाली मजदुर जिउँदै पुरिए


तीतोपाटी – कुवेतमा बन्दै गरेको नयाँ एयरपोर्टको २ नम्बर टर्मिनलको खाल्डोमा बालुवाको डिस्को खसेर दुई जना नेपाली पुरिएका छन । एक जना ईन्डियनको भने जिउदै उद्धार भएको जनाईएको छ ।

हिजो अर्थात ८ सेप्टेम्बर का दिन अपरान्ह् ३ बजेर १५ मिनट जादा नयाँ एयरर्पोटको बन्दै गरेको २ नम्बर टर्मिनल को १० मिटर गहिरो खाल्डोमा उनीहरु पुरिएका थिए । आपतकालिन रेस्क्यु टिमको अपरेशन ४ घण्टा सम्म चलेको थियो जसमा एक कामदारको भने जिउँदै उद्धार गरिएको समाचारमा जनाईएको छ ।

यस्तै एक घटना सन २०२० को फेब्रवरी १२ मा पनि भएको थियो । जुन घटनामा ६ जना नेपालीले ज्यान गुमाएका थिए । मुत्ला हाउजिंग कम्पनीले निर्माण गरिरहेको उक्त साईटमा दुवै भित्तामा रहेका ढुंगा र बालुवा खस्दा १० जना पुरिएका थिए जहाँ ४ जनाको जिवितै उद्धार भएको थियो ।

उक्त घट्नालाई लिएर कुवेतका अमिरद्धारा नेपाली राष्ट्रपति समक्ष मृतकका परिवारमा समवेदना सन्देश पठाईएको थियो । हेलचक्र्याइका कारण उक्त घट्ना भएको भन्दै छानविन समिती बने पनि त्यसको नतिजा भने सर्वजनिक गरिएको थिएन ।

विमानस्थल जस्तो संवेदनशिल ठाउँमा हिजो भएको सोही प्रकृतिको घट्नाको विस्तृत विवरण भने आउन बाकी नै छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...