तीतोपाटी – पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालयदेखि दक्षिण तराइसम्मका सम्पूर्ण प्रवासी नेपालीलाइ समेटेर सन २०१४ मा गठन भइ कृयाशिल रहेको नेपाल कुवेत सरोकार समाजले कर्मथलो कुवेत तथा मातृभूमि नेपाल गरि दुवै तिर सामाजिक र मानविय सेवाहरू गर्दै आएको छ । यसै संस्थाको तेश्रो अधिवेशन गत हप्ता २७ अगष्टको दिन सम्पन्न भएको छ भने यस संस्थाले वर्ष २०१९-२०२१ मा गरेका कार्यहरूबारे संस्थाका महासचिव दामोदर बटालाले तीतपाटी डट कम लाइ जानकारी दिएका छन् ।
संस्थापक अध्यक्ष दिल कुमार स्याङ्बो, निवर्तमान अध्यक्ष राम तामाङ हुँदै भरखर तेश्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष दिनेश उप्रेतीको नेतृत्वमा सरोकार समाज आइपुग्दा समाजले धेरै सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै आएको छ । त्यसमा पनि निवर्तमान अध्यक्ष राम तामाङको कार्यकालमा विश्वव्यापी कोभिड -१९ महामारीको कारण योजना अनुसारको काम सम्पन्न गर्न नपाए पनि धेरै राम्रा कार्यहरू गरेको छ । सोहि कामको परिणाम स्वरूप समाजले निवर्तमान अध्यक्ष राम तामाङलाइ सम्मान समेत गरेको छ ।
सन २०१९ को अन्त्य तिरबाट कोभिड महामारीले विश्व नै आक्रान्त भएको समयमा यसले नेपाल कुवेत सरोकार समाजलाइ मात्रै छाड्ने भन्ने त कुरा भएन । यस्तो पीडादायी समयमा प्रवासी श्रमिक स्वयं नै बाँच्न मुस्किल परेको समयमा पनि यस समाजमा आवद्ध सम्पूर्ण प्रवासी श्रमिकहरूले मनमा कुनै क्लेस र पूर्वाग्रह नराखी स्वास्फुर्त रूपमा दिल खोलेरे सहयोग गरेका छन् । तिनै आर्थकि योद्धाहरूलाइ समेटेर समाजले सन २०१९-२०२१ कार्यकालमा गरेका कार्यहरू यस प्रकार रहेका छन् ।
१- धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा चितवन जिल्लाको भरतपुरमा निर्माणाधिन गाैतम बुद्ध अन्तर्राष्ट्रिय कृकेट रंगशालाको निर्माण सहयोगार्थ ने. रू. ५००००।- अक्षेरूपी पचास हजार नेपाली रूपैयाँ सहयोग गरेको ।
२- स्नेहाकाख अनाथ बालालिकाहरुको सहयोगार्थ काठमाडौं ने. रू. ५००००।- अक्षेरूपी पचास हजार नेपाली रूपैयाँ सहयोग गरेको ।
३- मुर्गौला पीडित रामेछापको लखनपुरकी उर्मिला तमाङको स्वास्थ्योपचार सहयोगार्थ अभियान्ता सुन बहादुर तमाङले चलाएको सहयोग अभियानमा केडी ५०।- कुवेती दिनार पचास सहयोग गरेको ।
४- पाँचथर घर भई कुवैतमा लामो समय छालामा इन्फेक्सन भएकी सलिना लिम्बुलाई केडी ५०।- कुवेती दिनार पचास सहयोग गरेको ।
५- ब्रेन ट्युमर भइ लामो समय काठमाण्डू स्थिति अस्पातलमा उपचार गराई रहेकी गोर्खा जिल्लाकी सविना लामाको स्वास्थ्योपचार सहयोगार्थ अभियान चलाएर सरोकार समाजमार्फत नेपाली रूपैयाँ १७१००० एक लाख एकहत्तर हजार नेपाली रूपैयाँ सहयोग गरेको ।
६- कोभिड १९ को महामारीको कारण संसार लकडाउन भएको समयमा नेपाल कुवेत सरोकार समाजले एनआरएनए एनसीसी कुवेत सँग सहकार्य गरि कुवेतमा रहेका प्रवासी श्रमिकहरूलाइ राहत बाँडेको ।
– एनआरएनए एनसीसी कुवेत सँग सहकार्य गरि केी १०० कुवेती दिनार एक सय सहयोग गरेको ।
७- कोभिड महामारीको कारण श्रमजीवि नेपालीहरू भोकभोकै बस्न बाध्य भएका समाचारहरू सार्वजनिक भएपछि नेपालका विभिन्न जिल्लामा राहत वितरण गरेको । राहतको विवरण ः
– काभ्रपलाञ्चोक जिल्लामा रु ३५००० हजार
– सुर्खेत राउटे बस्तीमा रु ७५००० हजार
– दोलखामा रु ३५०००हजार
– स्याङ्जा चापाकोटमा रु ३५००० हजार
– सोलुखुम्बु खोटाङ रु ३५००० हजार
– भक्तपुर जिल्लामा रु२२००० हजार
यसरी नेपालकुवेत सरोकार समाजले प्रवासमा श्रमिक दैनिकीमा रहेर पनि सामाजिक भावना भएका दाजुभाइ दिदीबहिनीहरूलाइ एकतृत गरि सदस्यहरूबाट नियमित मासिक रूपमा लेवी संकलन तथा कुवेतको नेपाली समाजका सहयोगी मनहरूसँग समेत हातेमालो र सहकार्य गरी सहयोग संकलन गरी सहयोग वितरण गर्दै आएको छ भने कुनै पनि नेपालीलाइ कुनै किसिमको भेदभाव नगरी प्रवासमा विभिन्न किसिमले अप्ठेरोमा परेका सबैलाइ सहयोग गर्दै आएको छ ।